काठमाडौं, फागुन ३ । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को महत्वपूर्ण खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।
भारत र श्रीलंकामा भइरहेको यस प्रतियोगिताको आजको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा जारी छ।
यसअघिका दुई खेलमा पराजय भोगेको नेपालका लागि आजको खेलमा जित निकाल्नुपर्ने ठूलो दबाब छ। नेपाल आफ्नो पहिलो खेलमा इङ्गल्याण्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको स्तब्धकारी हार बेहोरेको थियो।
विश्वकपको यात्रा कायमै राख्न नेपाललाई आजको खेलमा उत्कृष्ट प्रदर्शनको खाँचो छ।




