काठमाडौं ८ भदौ
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ।
भेटमा समसामयिक राजनीतिक विषयहरुमा छलफल भइरहेको सचिवालयले जनाएको छ ।




