काठमाडौं, फागुन ८ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह विरुद्ध थर परिवर्तन गर्दा झूटो विवरण दिएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ।
युवराज पौडेल ‘सफल’ ले दर्ता गराएको उजुरीमा शाहले नागरिकता ऐन विपरित कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कारबाही गर्न माग गरिएको छ।
उजुरीमा उल्लेख भए अनुसार, शाहले २०६३ सालमा महोत्तरीबाट नागरिकता लिँदा थर ‘साह’ उल्लेख थियो। तर, काठमाडौँको मेयर भएपछि २०७९ सालमा काठमाडौँबाट प्रतिलिपि लिँदा विवरण सच्याएर थर परिवर्तन गरिएको दाबी गरिएको छ।
झूटो विवरण पेश गरी नागरिकता सच्याएको भन्दै उनीमाथि छानबिनको माग गरिएको हो।




