ललितपुर, फागुन २४ । ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन्। निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९,९४१ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७,४२० मत पाएका छन्। त्यस्तै, उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५,५४७ मत र नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले ४,५३६ मत प्राप्त गरे।
कुल ८९,०८२ मतदाता रहेको यस क्षेत्रमा ६१,९७५ मत खसेको थियो। २३ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रमा खरेलले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै विजयको झण्डा गाडेका हुन्।




