काठमाडौं, चैत्र १ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.४५ अङ्कले बढेर २,८२४.९० को बिन्दुमा पुगेको छ। नेप्से बढे पनि ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.४१ अङ्कले घटेर ४८६.८० मा कायम भएको छ।
आज ३५० कम्पनीका ३ करोड ९५ लाखभन्दा बढी कित्ता शेयर १ अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएका छन्। बजारमा सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सर्वाधिक नाफा कमाउँदा दरमखोला हाइड्रो इनर्जीको मूल्यमा भने १० अङ्कको गिरावट देखिएको छ। दिनभरिको कारोबारपछि कुल बजार पूँजीकरण ४७ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको छ।




