काठमाडौं, चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उहाँको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर दुःख व्यक्त गर्नुभएको हो। अध्यक्ष ओलीका पिता, मोहनप्रसाद ओली, ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएका थिए।




