बझाङ, चैत्र ९ । बझाङ जिल्लाको रायललाई केन्द्रविन्दु बनाएर सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजे ४.१ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पछिल्लो समय पराकम्पन र नयाँ पराकम्पहरू जाने क्रम चलिरहेको छ। यसअघि गत चैत ४ गते मात्रै दार्चुलाको सिटौला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।




