काठमाडौं, वैशाख २५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
उक्त बैठकमा सरकारका नियमित कामकारबाहीका साथै मुलुकको समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा महत्त्वपूर्ण छलफल हुने जनाइएको छ।




