काठमाडाैँ ९ भदौ
काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र अल्फा फार्मेसीका सञ्चालकबीच विवाद भएकाे छ।अवैध संरचना हटाउँदै हिँडेका मेयर शाह काठमाडाैँकाे नयाँ बानेश्वस्थित अल्फाबिटा भवनमा सञ्चालनमा आएकाे अल्फा केयर फार्मेसीकाे जग्गा नक्साकाे विषयकाे कुराकानीकाे क्रममा उनीहरूबीच विवादकाे अवस्था सिर्जना भएकाे हाे।
अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको विषयलाई लिएर विवाद भएको थियो । मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे । त्यसपछि मेयर बालेनले जंगिएर प्रश्न गरे, ‘तपाईंको घरको नक्सा मसित हुनुपर्छ ?’
फार्मेसी सञ्चालकले भने बालेनले आफूमाथि रिस पाेखेकाे भन्दै त्यसकाे प्रतिवाद गरेका छन्। उनले नक्सा र वकिलसहित कानुन बमाेजिम अगाडि बढ्न तयार भएकाे बताए ।
मेयर बालेनले काठमाडौं महानगरपालिकाभिका अवैध संरचना र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिरहेका छन् । उनले फुटपाथमा राखिएका व्यापारलाई समेत हटाइरहेका छन् ।




