काठमाडौं, साउन ४ । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
नेपाली कांग्रेसका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार पत्रकार सम्मेलन आज अपराह्न ४:०० बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आयोजना गरिनेछ।
उक्त पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक विषय, पार्टीका धारणा तथा समसामयिक राष्ट्रिय मुद्दाबारे जानकारी गराइने अपेक्षा गरिएको छ। नेपाली कांग्रेसले समाचार संकलन, प्रकाशन तथा प्रसारणका लागि सञ्चारमाध्यमका प्रतिनिधिलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ। पार्टीले कार्यक्रम तोकिएको समयमा नै सुरु हुने जनाएको छ।




