दाङ, साउन ६ । दाङको तुलसीपुरमा निर्माणाधीन घरको पानीट्यांकीभित्र निस्सासिएर दुई दाजुभाइको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–६, रजौरामा घर निर्माणका क्रममा पानीट्यांकीको सेट्रिङ खोल्न भित्र पसेका उनीहरूको अक्सिजनको कमी भई निस्सासिएर ज्यान गएको हो।
मृत्यु हुनेमा सल्यानको माल्टा घर भई हाल दाङको तुलसीपुर–९, दोघरमा बसोबास गर्दै आएका ठेकेदार कमल गिरी र सोही स्थानका मिस्त्री घनश्याम गिरी रहेका छन्। उनीहरू नाताले काका-बाबुका छोरा (दाजुभाइ) हुन् र दुवैले संयुक्त रूपमा घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीका अनुसार




