काठमाडौं, साउन ८ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशका प्रमुख निर्यातजन्य उद्योगी तथा व्यवसायीहरूसँग छलफल गर्दैछन्।
नेपालको अर्थतन्त्र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठकमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेलको सहभागिता रहनेछ।
छलफलमा विशेष गरी निर्यात प्रवर्द्धनका विद्यमान चुनौती, आवश्यक नीतिगत सुधार र समाधानका उपायबारे केन्द्रित रहेर कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




