काठमाडौं, साउन १४ । असार ३१ गतेयता पहिलो पटक प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११ बजेदेखि बसिरहेकाे छ।
आजको बैठकका लागि मुख्य दुई वटा कार्यसूची तय गरिएका छन्। जसअन्तर्गत अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।




