चितवन । नेपाली कांँग्रेसका नेता शशांक कोइरालाले आगामी संघको निर्वाचनमा सय सिट पाउनु पर्ने बताएका छन ।
आज उनले भरतपुर विमानस्थलमा पत्रकारहरु संँग कुरा गर्दै सत्य र यर्थाथको आधारमा नै कांँग्रेसले सय सिट माग गरेको बताए ।
‘स्थानीय निर्वाचन विजयको आधारमा कांँग्रेसले सय सीट पाउनुपर्दछ , उनले भने, सत्यको आधारमा कांँग्रेसले कम्तिमा सय सिट नभएपनि नेगोसियसनमा ९५ सिट पाउनु पर्दछ ।’
अन्य दलको अस्तित्व नरहेको भन्दै उनले उनीहरुले सत्यको आधारमा गरिएको निर्णय मान्नु पर्ने बताए ।सीटको भागवण्डा नमिल्दा गठबन्धन निरन्तर जाला त भन्ने प्रश्नमा उनले भने , ‘मान्नै पर्छ, अन्य विकल्प नै छैन ।’
कतिपय ठाउंँमा गठबन्धनको अस्तित्व नभएकोले पनि कांँग्रेसले सय सिट पाउनु भर्ने उनको भनाई थियो । ‘उनीहरुको कतिपय ठाउंँमा अस्तित्वनै छैन । अस्तित्व नभएको ठाउंँमा पनि उनीहरु सिट मागी रहेका छन ।’ उनले भने ।




