काठमाडौं, साउन २४ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पछिल्ला गतिविधि तथा आगामी रणनीतिबारे छलफल हुने भएको छ।
बैठकमा पार्टीका सन्दर्भमा गर्नुपर्ने महत्वपूर्ण निर्णय, संगठनात्मक विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ। बैठक केही दिनसम्म निरन्तर चल्ने कांग्रेस स्रोतले जनाएको छ।
केन्द्रीय कार्यसमितिको बैठकपछि नेपाली कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। महाधिवेशनसँग सम्बन्धित आवश्यक निर्णय तथा कार्यतालिकाबारे समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।




