मकवानपुर, भदौ २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा भएको स्कोर्पियो दुर्घटनामा गम्भीर घाइते भएकी उच्च अदालतका रजिष्ट्रार तारादत्त बडुकी पत्नी ४९ वर्षीया लक्ष्मी बडुको उपचारका क्रममा काठमाडौंस्थित छाउनी अस्पतालमा निधन भएको छ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ३-०१-००२ झ ५१८३ नम्बरको स्कोर्पियो आज बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल खसेको थियो। दुर्घटनामा परि गम्भीर घाइते भएकी बडुलाई सेनाको हेलिकप्टरमार्फत छाउनी अस्पताल लगिएकोमा बिहान १०:२९ बजे उपचारका क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा परेर घाइते भएका उच्च अदालतका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित अन्य ५ जनाको उपचार भइरहेको छ।




