काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ।
निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये हालसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छन्। विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान प्रक्रिया जारी रहेको छ।
प्रदेशगत विवरणअनुसार कोशीमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा १ हजार २३४ मध्ये ५९०, लुम्बिनीमा १ हजार ७९ मध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा १ हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन्।
त्यस्तै, सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्क समितितर्फका कुल २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।
यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया निर्वाध रूपमा जारी रहेको छ।




