काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणना सम्पन्न भएसँगै खतिवडा र सिवाकोटी निर्वाचित भएका हुन्। यद्यपि, निर्वाचन समितिले उनीहरूको निर्वाचन परिणाम औपचारिक रूपमा सार्वजनिक गर्न भने बाँकी रहेको छ।
यसअघि सहमहामन्त्री पदमा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भइसकेका छन्।
नेपाली कांग्रेसको विधानअनुसार १५औँ महाधिवेशनबाट विभिन्न समावेशी समूहको प्रतिनिधित्व हुने गरी कुल ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ।




