काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको मतदानको मतगणना असोज २७ गते बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सुरु हुने जनाएको छ।
समितिका सदस्य-सचिव राजु कटुवालद्वारा जारी सूचनामा मतगणनाका लागि सम्बन्धित सबै उम्मेदवारलाई जानकारी गराइएको उल्लेख छ।
यस्तै, केन्द्रीय सदस्यका उम्मेदवारका हकमा उम्मेदवार स्वयंले बाहेक प्रतिनिधि राख्ने व्यवस्था नभएको पनि निर्वाचन समितिले स्पष्ट पारेको छ।




