काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम राखेका छन्।
२ हजार ४९१ मत गणना हुँदा खतिवडाले १ हजार १२५ र शिवाकोटीले ८०६ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ६१० मत पाएका छन्।
त्यस्तै, देवेन्द्रराज कडेलले ५२४, विकास कोइरालाले ४१५, राजीव ढुंगानाले ३७४, रमेशप्रसाद धमलाले २९३, अमृतकुमार अर्यालले २७२ र विमलराज क्षेत्रीले ९९ मत प्राप्त गरेका छन्। खुलातर्फ नौ उम्मेदवारमध्ये दुई जना निर्वाचित हुनेछन्।
महिला सहमहामन्त्रीतर्फ २ हजार ४९० मत गणना हुँदा प्रतिमा गौतम १ हजार ६७८ मतसहित अगाडि छन्। नानू बास्तोलाले ४७९ मत प्राप्त गरेकी छन्।




