चितवन १७ भदौ
पहिराका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ
नारायणगढ मुग्लिन सडकखण्ड अतंर्गत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।
जेसीवीको प्रयोग गरि सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।




