• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

४८ हजार बढी भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र


  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
  • काठमाडौँ २३ भदौ 

    Advertisement

    नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पूर्जा वितरणको कामलाई तीव्रता दिएको छ ।

    भूमिको स्वामित्वलाई राज्यले मौलिक हकको रुपमा परिभाषित गरेको सन्र्दभमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले योजनावद्ध रुपमा ‘कोही पनि नछुटुन् कोही पनि नदोहारिउन्’ भन्ने नाराका साथ सुकुम्बासीलाई जग्गा धनी बनाउने कामलाई अभियानका रुपमा अगाडि बढाएको हो ।
    यसका लागि राष्ट्रिय भूमि आयोगले आगामी दिनमा सुकुम्बासीको समस्या नै नरहने गरी कामलाई तीव्रता दिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

    कित्ता नापी नापनक्शा गर्ने कार्य अन्तर्गत विशेष नापीमा कुल १३ हजार पाँच सय ९६ हेक्टरको काम सम्पन्न भएको छ । हेक्टर, गाँउब्लक नापी तीन सय आठ हेक्टर, नापी एक हजार नौ सय १० हेक्टर गरी कूल १५ हजार सात सय ४८ हेक्टर नाप नक्शा सम्पन्न भएको छ । गाँउब्लक, विशेष नापी र पुनः नापी गरी जम्मा ४८ हजार चार सय ७० घरपरिवारलाई हालसम्म जग्गाधनी पूर्जा वितरण भइसकेको उहाँको भनाइ छ ।

    गाँउ ब्लकको रुपमा रहेको जग्गालाई नापनक्शा गरी लामो समयदेखि हक भोग भएपनि जग्गाधनी प्रमाण पूर्जा पाउन नसकेको नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने कार्यलाई पनि युद्धस्तरमा अगाडि बढाइएको छ । यसले देशभर रहेको गाँउब्लकको समस्या समाधान हुने सरकारको विश्वास छ ।

    आयागले सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अधिकांश स्थानीय तहसँग सम्झौता गरिसकेको छ । केही स्थानीय तहमा भने अनेकन समस्या देखाएर समस्या समाधान गर्ने सरकारको पवित्र उद्देश्यलाई कार्यान्वयनमा व्यवधान खडा गर्ने प्रयास भएको मन्त्रालयको बुझाइ छ ।
    “केही स्थानीय तहमा भने राजनीतिक पूर्वाग्रह राखेको पाइएको छ । भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काममा व्यवधान खडा गरिए जो प्रभावित हो उनैले संघर्ष गर्नुपर्ने अवस्था पनि आउन सक्छ ” उहाँले भन्नुभयो “ यसमा कुनै राजनीतिक पूर्वाग्रह नराखौ । यो देशको समस्या हो , समाधानका लागि सबैको साथ र सहयोग जरुरी रहन्छ ।”

    आयोगले लगत संकलन, कम्प्युटरमा तथ्यांक प्रविष्ट, जग्गाको नापजाँचको काम र निस्सा वितरण कार्य एकै साथ गरिररहेको छ । चितवनको भरतपुर, सिन्धुलीको दुधौली नगरपालिकामा रहेको मुसहर बस्ती, मकवानपुरको बाग्मती गाँउपालिका, झापाको गौरादह ४ र ५, महारानी झोडा, सुर्खेतको भेरी गंगा र गुर्वाकोट र कैलालीको धनगढी ९ मा तीन सय आठ भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण भइसकेको छ ।

    त्यस्तै, कैलालीको लम्कीचुहाको बादी बस्तीमा एक सय २४ भूमिहिन दलित परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइसकिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । समग्रमा छ सय ६८ भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण भएको छ ।

    कूल छ सय २४ स्थानीय तहसँग भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्यका साथ कार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ । पाँच सय ५७ स्थानीय तहमा सूचना प्रकाशत भइसकेको छ भने ७० स्थानीय तहमा नापनक्शाको काम शुरु भएको छ ।

    मन्त्री श्रेष्ठका अनुसार आयोगको सूचना प्रणालीमा पाँच लाख ८९ हजार ९४ भूमिहिनको लगत प्रविष्ट भइसकेको छ । सरकारले चालु आवमा नै भूमिहिन तथा सुकुम्बासीलाई जग्गाधनीले लामो समयदेखि भोग्नु परेको समस्या समाधानका लागि नीति तथा कार्यक्रम, बजेटको प्रबन्ध गरेको छ । सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई देखाएर ‘केवल भोटको राजनीति गर्ने’ प्रवृत्तिलाई सधैको लागि अन्त्य गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

    यस्तै, पुनः स्थापना हुन बाँकी कमैया, कम्लहरी तथा हरुवा चरुवाको पुनः स्थापनाको लागि कार्ययोजना तयार भई सो को कार्यान्वयनका लागि कार्यविधि पनि तयार भइसकेको छ । भूमि र यससँग जोडिएको विषयसँग लामो समयदेखि अध्ययन गरिरहेका, ज्ञान सीप तथा विशेषज्ञता हासिल गरेका विज्ञको रोष्टर तयार पारी राय परामर्श लिइएको र त्यसबाट दीर्घकालदेखि रहँदै आएको समस्या समाधानमा सहयोग पुग्ने सरकारको विश्वास छ । –

    बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.