काठमाडौँ २६ भदौ ।
नागरिकता विधेयक राष्ट्रपतिले रोकेको भन्दै विरोधमा उत्रिएको नेपाल विद्यार्थी संघ र शान्तिसुरक्षा कायम गर्न खटिएको प्रहरीबीच आइतबार त्रिचन्द्र कलेजमा ढुंगा हानाहान भएको छ । संघीय संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति विद्या भण्डारीले ढिलाइ गरेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनका क्रममा नेविसंघका कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो । प्रहरी र विद्यार्थीबीच केहीबेर ढुंगा हानाहान भएको थियो ।
नागरिकता विधेयक प्रमाणीकरण गर्न छोडेर राष्ट्रपति भण्डारीले शीलत निवासमा विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेको भन्दै नेविसंघले नाराबाजी समेत गरेको थियो ।




