• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल


  •   मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
  • रामपुर २८ भदौ 

    Advertisement

    तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ ।

    हेर्दा बोट हरियाली, उत्पादित फल स्वादिलो र आम्दानी पनि राम्रो भएपछि यसमा धेरै किसानको आकर्षण बढेको छ । उहाँ भन्नुहुन्छ, “पहिलो वर्षमा नै राम्रो फल लाग्यो, स्याहारसुसार संरक्षणमा धेरै ध्यान दिनुपर्ने रहेछ, बजारमा यसको माग राम्रो देखेर नयाँ खेती थालनी गरेको हो, परीक्षणमा नै राम्रो उत्पादन दियो ।”

    फल उत्पादन मात्र नगरी आफैँले नर्सरीमा बिरुवा तयार गरेर बेच्ने गर्नुहुन्छ । फलसँगै बिरुवा बिक्रीबाट राम्रै फाइदा गर्न सकिने उहाँ बताउनुुहुन्छ । ललितपुरबाट ल्याएर आफैँले घरमा बिरुवा बनाएर उहाँले खेती सुरु गर्नुभएको हो ।

    उहाँले ड्रागनखेतीलाई व्यावसायिकरुपमा थालनी गरेपछि तानसेन नगरपालिकाबाट गत आर्थिक वर्षमा १२० बिरुवा खरिदमा अनुदान र संरचना तयार पार्न रु एक लाख रकम अनुदान प्राप्त गर्नुभएको छ ।

    यस व्यवसायसँगै उहाँले लहरे आँपको पनि खेती गरिरहनुभएको छ । खाली भएका र ड्रागन फल लगाएका जग्गा वरपरको जमिन सदुपयोग गर्दै ४३ बोट लहरे जातको आँप लगाएर बारी हराभरा बनाउनुभएको छ । स्थायी संरचना तयार पारिएकाले अब ड्रागन फललाई यथावत नै खेती गर्ने, लहरे आँपलाई विस्तार गर्ने सोँच बनाउनुभएको छ ।

    तिनाउँ गाउँपालिका–१ कचलका टेकबहादुर रासकोटीले १४ महिनाअघि दाङ र सुनसरीबाट बिरुवा ल्याएर ड्रागनको व्यावसायिक तरिकाबाट खेती गर्नुभएको छ । करिब एक हजार पाँच सय बोट लगाउनुभएका उहाँले चौथो पटकको उत्पादन बिक्री गरिसक्नुभएको छ । यस वर्ष दुई क्वीन्टल बिक्री गर्ने लक्ष्य लिनुभएको छ । यहाँ उत्पादन भएको फल बुटवल बजारमा धमाधम बिक्री भइरहेको छ ।

    “बिरुवा को स्याहारसुसार राम्रो गरियो भने छिटो उत्पादन लिन पाइने रहेछ, मेहनत गरे अनुसारको उत्पादन भइरहेको छ, ११ महिनाभित्रमा नै मैले उत्पादन लिन सुरु गरेको हुँ, बजार सहज भएकाले बिक्री कसरी गर्ने भन्ने पिरलो छैन”, उहाँले भन्नुभयो ।

    ठण्डीको समयमा रोगले आक्रमण गर्दा रेखदेखमा बढी ध्यान दिनुपर्दछ, विशेषगरी मङ्सीर, पुस, माघ तीन महिना बिरुवा लाई जोगाउनुपर्ने, यो समयमा कालो ढुसी नामक रोगले बढी सताउने हुँदा अन्य समय सामान्य रेखदेख नियमित गरियो भने राम्रो उत्पादन हुने उहाँको अनुभव छ ।

    व्यवसाय विस्तार गर्न रहर छ तर मलजलको व्यवस्थापनमा समस्या रहेको उहाँ बताउनुहुन्छ । करिब १५ वर्ष डोजर अपरेटरमा काम गर्नुभएका रासकोटीको अहिलेको दिनचर्या ड्रागन फलको रेखदेखमै बितेको छ । जागिरे जीवनमा महिना सकिएपछि तलव बुझ्ने गर्नुभएका उहाँ कृषिमा लाभ लिन समय पर्खनुपर्ने बताउनुहुन्छ । परिवारको साथमा गाउँका जग्गा सदुपयोग गर्दै खेती गर्दा सन्तुष्ट भएको बताउनुभयो ।

    उहाँले यस व्यवसायमा करिब रु आठ लाख लगानी गर्नुभएको छ । गाउँपालिकाले नर्सरी व्यवस्थापनमा केही अनुदान सहयोग गरेको छ । कङ्क्रिट र फलामको स्थायी संरचना तयार पारिएकाले पूर्वाधारमा अब धेरै लगानी गर्नु नपर्ने उहाँको भनाइ छ । स्थायी संरचना लामो समयसम्म कायम रहने हुँदा उत्पादित वस्तुबाट राम्रो फाइदा लिने बताउनुभएको छ ।

    भारतीय सेनाबाट अवकाश प्राप्त माथागढी गाउँपालिका–१ फेदीका सोमबहादुर आलेलाई ड्रागनको रेखदेख गर्दा समय बितेको पत्तै हुँदैन । पच्चीस वर्षसम्म भारतीय सेनामा जीवन बिताउनुभएका आले आफ्नै गाउँमा बसेर कृषि कार्य गर्दा झन् फूर्तिलो हुँदै जानुभएको छ ।

    डेढ वर्षअघि खेती सुरु गर्नुभएका आलेले राम्रो धान फल्ने खेतमा छ सय बिरुवा लगाउनुभएको छ । उत्पादनका हिसावले धानबालीको तुलनामा यसबाट दोब्बर बढी फाइदा लिन सकिने उहाँको अनुभव छ । उत्पादित फल स्थानीय बजारका अलवा तानसेन, आर्यभञ्ज्याङ लगायतका बजारमा धमाधम बिक्री भइरहेको छ । अहिलेसम्म तीन टनजति फल बिक्री गरिसक्नुभएको छ ।

    बजारमा यस फलको माग धेरै बढेकाले तीन रोपनी जग्गामा खेती गर्नुभएका उहाँले खेती विस्तार गरी सात रोपनीमा पु¥याउने लक्ष्य राख्नु भएको छ । दैवी प्रकोपले समस्या नपारेमा यसबाट मनग्य कमाई गर्न सकिने र अर्कोतर्फ फुर्सदको समय राम्रोसँग सदुपयोग भएकोमा उहाँ यस व्यवसायप्रति खुसी हुनुहुन्छ । उहाँले यस खेतीका अलवा एभोकाडो खेती पनि गरिरहनुभएको छ । यसले धेरै क्षेत्रफल ओगट्ने हुँदा अहिले २० बोट लगाउनुभएको छ ।

    रामपुर–३ रजघरा बस्ने हिरण्यराज रेग्मीले पनि एक वर्षअघि यस फलको खेती सुरु गर्नुभएको छ । करिब ५० बोट लगाउनुभएका उहाँले भने नर्सरी पनि तयार पारेर बिरुवा उत्पादन तथा बिक्री गरिरहनुभएको छ । नर्सरीमा करिब २० हजार बिरुवा तयार भएका छन् । यो खेती नयाँ र स्वास्थ्यका लागि अति राम्रो भएकाले विभिन्न ठाउँबाट बिरुवा खरिद गर्न ग्राहक आउने गरेको रेग्मीले बताउनुभयो ।

    “एक पिल्लरमा चारैतिर लगाइको चारवटा बोटमध्ये एक बोटमा कम्तीमा ३० वटासम्म फल लाग्दोरहेछ, एक वर्षभित्र फल तयार हुने, यसको राम्रो सम्भावना रहेकाले अब व्यावसायिकरुपमा खेती विस्तार गर्नेछु”, उहाँले भन्नुभयो ।

    कृषि ज्ञानकेन्द्र पाल्पामार्फत कृषि शाखा रामपुर परिसरमा १२० बोट बिरुवा गएको जेठ र असारमा लगाइएको छ । यहाँ लगाइएको बिरुवा हुर्कने क्रममा छन् । रामपुर नगरपालिकाले यसवर्ष व्यावसायिक खेतीका लागि रु तीन लाख रकम विनियोजन गरेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

    पाल्पामा ड्रागन फलको खेती नयाँ भएकाले यसमा आकर्षण र बजार माग बढ्दो रहेको हुँदा अहिले केही पालिकाका कृषकले व्यावसायिक खेती सुरु गरेको ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । “व्यावसायिक सफलताका लागि तीन वर्षको समय पर्खनु पर्नेहुन्छ, एक वर्षमा नै रोगकिरा, उत्पादनको हिसाबले सबै जानकारी नहुने हुँदा तीन वर्षभित्रमा यसलाई परीक्षणका रुपमा हेरिने र त्यसपश्चात् प्राविधिक अध्ययनले पाल्पामा व्यावसायिक खेतीका लागि उपयुक्त छ या छैन निष्कर्ष निकालिने छ” कार्यालय प्रमुख अधिकारीले भन्नुभयो ।

    पाल्पालाई फलफूलमा कागती र सुन्तलाखेती नै राम्रो मानिएको छ । नयाँ खेती र बजारको माग बढेकाले जिल्लामा ड्रागन फलमा आकर्षण बढे पनि अध्ययन अनुसन्धानको काम भइरहेकाले व्यावसायिक खेतीका लागि उपयुक्त हो भनेर अहिले नै प्राविधिक हिसाबले भन्न नमिल्ने अधिकारीले बताउनुभयो । यसको मूल्य बजारमा जातअनुसार न्यूनतम ३०० देखि माथि छ । यो फल रातो, सेतो, गुलाबीलगायतका विभिन्न प्रजातिका छन् ।

    दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको बैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेलालगायतको नामले पनि चिन्ने गरिन्छ । गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको स्तम्भ कमजोर भएकाले सहयोग आवश्यकता पर्दछ ।

    लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदाँ यसलाई ड्रागन फल भनिएको हो । फलको स्वाद गुलियो र अमिलोपनाको मिश्रण भएको हुन्छ । यस फलको तौल २०० ग्राम ९१.२ केजी हुन्छ । यस फलको जातहरुमा रातो बोक्रा र सेतो गुदी भएको, पहेँलो बोक्रा र सेतो गुदी भएको, रातो बोक्रा र रातो गुदी भएको जात पर्दछ ।

    ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन तर यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महङ्गो मूल्यलाई बिर्साइदिने प्रयोगकर्ताको भनाइ छ ।

    ड्रागन फलका लागि उष्ण र उपोष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुर्दी सतहदेखि एक हजार ५०० मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकाले यसका लागि पानी नजम्ने ठाउँ रोज्नु पर्दछ र बलौटेदेखि दोमट माटोमा सजिलै खेती गर्न सकिन्छ ।

    नेपालकोसन्दर्भमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँमा तराई, भित्री मधेस र मध्य पहाडमा खेती गर्न सकिन्छ । नदीले कटान गरेको ठाउँ र खोलाको बगरमा पनि खेती गरिएको छ । गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका खनिज पदार्थ तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । छालासम्बन्धी विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पु¥याउँछ । यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ । कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । कब्जियतको समस्यालाई समेत निको पार्ने विभिन्न अध्ययनले देखाएको छ ।

    यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ । मजबुत हाड र दाँतका लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै शरीरमा सेल उत्पादनमा पनि मद्दत पु¥याउँछ । बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पु¥याउँछ । आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो ।

    जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, घरको छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १५० ग्रामदेखि एक किलोसम्म हुने हुँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

    खेती गर्न त्यति गाहे छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिने यो खेती समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाइमा सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ । धेरै वर्षसम्म उत्पादन दिने यस फल फूल फुलेको ४५ दिनमा यसको तयार हुन्छ । जेठदेखि असोज–कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

    यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसबाट केक पनि तयार पार्न सकिन्छ । गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ । ड्रागनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ भने यस फललाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । विभिन्न स्विट परिकारमा निकै उपयोगी हुने यो फललाई कतिपयले फ्रुट प्लाटर, प्यान केकमा यसको प्रयोग गर्ने गरेका छन् ।

    रासस

    मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.