• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

बास पुरियो, वृद्ध जोडीको बिचल्ली


  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
  • बलेवा ३० भदौ

    Advertisement

    सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिनुभयो, ढालानाथ ।
    बागलुङ नगरपालिका–११ को तल्लो रामतोला बस्तीको सबैभन्दा माथि ढालानाथ पौडेलको घर छ । उहाँलाई यो घर छोड्न पटक्कै मन छैन । तर ज्यान नै जोखिममा राखेर घर कुर्न उहाँले सक्नुभएन । सात सन्तानका पिता ढालानाथलाई जीवनको आधा समय तीनै छोराछोरी हुर्काउन लाग्यो । बुढ्यौलीमै भए पनि दुःख–सुख गरेर बनाएको दुईतले घरमा दैवको आँखा लाग्यो । “बैँशमा बा–आमा कुरेर बसेँ, छोराछोरी हुर्काएँ, अहिले बा–आमाले छाडेर गए, छोराछोरी आफ्नै बाटो लागे, बूढाबूढीका लागि घामपानी ओत्न बनाएको बासमा दैव लाग्यो बाबु”, पर्खालको छेउमा बसेर पहिराले अँठ्याउनै लागेको घर देखाउँदै पौडेलले भन्नुभयो, “मेरो पसिना यहीँ थियो बाबु, कान्छा छोराले सहयोग गरेर बनाएको बास हो, पहिरोले नासियो ।”

    केही दिनयता उहाँ ७० वर्षीया श्रीमतीसहित आफ्नो घरभन्दा केही तल छिमेकीको घरमा बस्दै आउनुभएको छ । उहाँको मनले घर छाड्न मानिरहेको छैन । त्यसैले त दिनमै दशपटक त्यही घरको आँगनमा पुग्नुहुन्छ । भदौ २० गतेदेखि तल्लो रामतोलाको उपल्लो भेग चर्किन थालेको थियो । पाखोबारी, घर, गोठ, सडक र चौतारी जताततै जमिन चर्किने र स–साना पहिरा खस्ने गर्न थालेपछि ढालानाथको मन चर्किएको थियो । भदौ २१ गते गाउँमाथिबाट ठूलै पहिरो जान थालेपछि गाउँमा कोलाहाल मच्चियो । ढालनाथ गोठमा भैँसी दुहुँदै हुनुहुन्थ्यो ।

    घरजस्तै थियो गोठ पनि । गाउँभरि धाँजा फाटेपछि सम्भावित जोखिमको आकलन गरेर गाउँ पुग्नुभएका वडाध्यक्ष ज्ञानेन्द्र गौतमलगायत गाउँका समाजसेवीले उहाँलाई भैँसी दुहुँदादुहुँदै तानेर ल्याए । भैँसी फुकाए र सुरक्षित ठाउँमा पु¥याए । “उनीहरुले नतानेको भए म गोठमै पुरिने रहेछु, भैँसी बाँच्यो”, पहिराले पुरिएको गोठ देखाउँदै उहाँले भन्नुभयो, “घर न गोठ, खेती न पाती भयो ।” पहिराले नजिकै रहेको पाखोबारी र खरबारी सबै पुरेको छ ।

    पत्थर माथिको समथर जमिनमा कहिल्यै यस्तो पहिराको जोखिम होला भनेर आफूले कल्पना नगरेको उहाँ सुनाउनुहुन्छ । “मैले जानेदेखि यहाँ ठूलो पहिरो खसेको देखेको थिइनँ, अहिले त के भएको हो, गाउँ नै उठाउने पहिरो आयो ।” पहिराबाट विस्थापित भएकामध्ये ढालानथको दम्पती सबैभन्दा धेरै समस्यामा छ । गाउँमा उहाँजस्तै सात परिवारले आफ्नो घरगोठ छाडेका छन् । तल्लो रामतोलामा नै पहिरो खसेकोभन्दा केही तल बसाइँसराइ गरेर गएकाहरुको खाली घरमा पीडित परिवार बसेका छन् ।

    भदौ २२ गते गाउँमाथि रहेका पानीका ट्याङ्कीसहित ठूलो पहिरो खस्यो । तल्लो रामतोला गाउँमाथिको समथर बारीमा अड्एिको पहिराको माटोले रामतोलाका घर पस्ने जोखाना हेरिरहेको छ । “ठूलो आवाज आयो, अब बाँचिएन भन्ने लागेको थियो”, स्थानीय पीडित पवित्रा केसीले भन्न्ुभयो, “दिउँसै भएकाले भागाभाग गरियो, रातमा पहिरो खसेको भए त होसहवास उड्ने थियो ।”

    घर छाडेर अर्कैको घरमा बसेको भए पनि आफ्नो थातथलोमा गइरहन मन लाग्ने पवित्राले सुनाउनुभयो । “अहिले ठूलो पानी परेको छैन, ठूलो पानी प¥यो भने हाम्रा घर राख्दैन होला”, उहाँले भन्नुभयो, “हामी पीडित भयौँ, कहीँकतै सुरक्षित ठाउँमा व्यवस्था गरिदिए हुने ।” यहाँ खसेको पहिराका कारण रायडाँडामा सात परिवार र जैमिनी नगरपालिकाको वडा नं १ कुश्मीशेरा, वडारमा चार परिवार विस्थापित भइसकेका छन् । विद्युत्, खानेपानीको आपूर्तिमा आएको अवरोध भने हटाइएको छ ।

    बागलुङ नगरपालिकाले पीडितलाई दैनिक उपभोग्य वस्तुको रूपमा चामल, दाल, नुन तेललगायतको खाद्यान्न वितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । घटनाका बारेमा प्रहरीले मुचुल्का पनि उठाएको छ । घटनाबारे यसअघि नगरपालिका, दैवीप्रकोप उद्धार समिति र सुरक्षा निकायसमेतले अनुगमन गरेको थियो । किसानको बारीका सुन्तलाका बिरुवा नष्ट भएका छन् । कोदोलगायतका अन्न पनि नष्ट भएको छ । पहिराले जोखिम भएपछि गाउँलेहरू त्रसित छन् ।

    “पहिरो खस्नुको कारणका विषयमा खोजी र पीडितको उचित व्यवस्थापनका लागि हामीले अध्ययन गरिरहेका छौँ”, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भन्नुभयो, “थप क्षति हुन नदिनका लागि सजगता अपनाउन जरुरी देखिन्छ ।”

    बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.