• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

सांस्कृतिक नगरी मटिहानीको स्वरुप फेरिँदै


  •   मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
  • महोत्तरी ४ असोज 

    Advertisement

    चाडबाड नजिकिँदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ । रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र सांस्कृतिक महत्वका कामले गति लिएपछि यहाँको सौन्दर्यमा वृृद्धि हुँदै गएको हो ।

    त्रेतायुगमा राम–सीताको विवाह हुँदा वेदी (यज्ञस्थल) बनाउन मटिहानीकै माटो खनिएको विश्वास गरिन्छ । त्यतिखेर माटो खनिएको ठाउँ लक्ष्मीसागर सम्पूर्ण हिन्दूहरूको आस्था, भक्ति र दर्शनीयस्थल रहँदै आएको छ । अवधबाट राजा दशरथ जन्ती लिएर मटिहानी हुँदै जनकपुर गएका जनश्रुति मटिहानीमा सुनिन्छन् ।

    धार्मिक महत्वको यो पौराणिकस्थलमा बितेको सातामै कतिपय योजना सम्पन्न भएका छन् । यसैगरी कतिपय योजनाको निर्माण काम थालिएको छ । मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर र बजारबीचमा भव्य आकर्षक द्वार निर्माण सम्पन्न भएर शुभारम्भ भएको छ । यसैगरी मटिहानी–५ स्थित गोबरौरा र धनुषाको घोडघास जोड्ने सडकको दूधमती नदीमा नयाँ झोलुङ्गे पुल बनेको छ ।

    मटिहानी–३ झिझाखोलामा आठ मिटर लम्बाइ र पाँच मिटर चौडाइको र मटिहानी–८ र धनुषाको तुल्सियाही जोड्ने बिग्ही नदीमा पाँच मिटर चौडाइ र ४५ मिटर लम्बाइको पक्की पुल निर्माण थालिएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएका प्रवेशद्वार रु २८ लाख र झोलुङ्गे पुल रु ४५ लाखको लागतमा सम्पन्न भएका हुन् । त्यसैगरी झिझाखोला पुल र बिग्ही पुल क्रमशः रु ३५ र ६५ लाखको लागतमा निर्माण थालिएका नगरपालिकाका इञ्जीनियर विमलेश साहले जानकारी दिनुभयो ।

    यसअघि नै मुलुकभरिकै मठहरूको नायक मठ लक्ष्मीनारायण मठ परिसरमा झुलाघर निर्माण र लक्ष्मीसागरको चित्ताकर्षक घाट निर्माणकार्य सम्पन्न भइसकेका छन् । मटिहानी–जनकपुर (रामजानकी) सडक र मटिहानी–जलेश्वर सडकमा निर्माण भएका कलात्मक प्रवेशद्वारले यस ठाउँको सांस्कृतिक र धार्मिक महत्ता उजागर गरेका बताइएको छ ।

    “हामीसँग भएको मुख्य कुरा नै यस ठाउँको धार्मिक र सांस्कृतिक परिचय हो, मटिहानीको विकासको आधार धार्मिक पर्यटनमै खोजिनुपर्छ र अहिले यी कामले प्राथमिकता पाएका छन्”, मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझी भन्नुहुन्छ, “पछिल्ला पाँच वर्षयताका विकास पूर्वाधारका काममा धार्मिक महत्वका कामले महत्व पाएका छन् ।” मटिहानीमा गत वर्षमात्रै अत्याधुनिक रङ्गशाला निर्माण सम्पन्न भएको थियो ।

    मटिहानीको धार्मिक परिचयको कुरा उप्कनासाथ यहाँको धार्मिक र सामाजिक सद्भावको उदाहरण हरकोहीले दिने गर्दछन् । आधुनिक मटिहानी निर्माणमा हिन्दू परम्पराका साधु तश्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबाले जग बाँध्नुभएको हुँदा यहाँ दुवै परम्पराका चाडपर्व एकापसमा मिलेर उल्लाससाथ मनाइने गरिएको मटिहानीका बासिन्दा शिक्षा तथा संस्कृतिविद् चन्देश्वर साह बताउनुहुन्छ । “लक्ष्मीसागरको उत्तरतटमा लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर छन्, पश्चिमीदक्षिणी तटमा सन्त पिरबाबाको मजार छ”, उहाँ भन्नुहुन्छ, “यी स्थल हाम्रा साझा तीर्थस्थल हुन्, पिरबाबाको मजारमा दुःख पुकारा गर्न पुग्नेमा हिन्दू–इस्लाम धर्मावलम्बी सराबरी हुने गर्छन् ।” आफ्नो ठाउँका मुख्य पर्व साउने झुला महोत्सव, विजयादशमीका दिनको रावणवध उत्सव, फागु, दशैँ, तिहार, छठ, मुहर्रम, इद–उल–फित्र, सवेबरात र इद–उल–जोहामा सबै समानरूपले उत्सवमा झुम्ने गरेको उहाँको भनाइ छ ।

    भारतसँग सीमा जोडिएको यो ठाउँका सीमा वारिपारिका मटिहानी र मधवापुर बजार एकापसमा अभिन्न रुपले जोडिएका छन् । दोहोरो सामाजिक सम्बन्धले दुवैतर्फका नागरिकका दुःखसुखमा दुवैतिरका नागरिक सरिक हुने गर्छन् । यसबाहेक मटिहानी प्राचीन शिक्षा र साहित्यको साधना केन्द्र पनि रहेको छ । यहाँस्थित तीन सय पाँच वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय र माहामुनि याज्ञवल्क्य र भगवान् लक्ष्मीनारायणका नाउँमा स्थापित÷सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) संस्कृत भाषा र साहित्यको साधनास्थल रहेका छन् । विद्यापिठमा स्नातकोत्तरसम्मको अध्ययन÷अध्यापन हुने गरेको छ ।

    गत मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बालगुरु षडाननले पनि पढ्नुभएको संस्कृत विद्यालय परिसरको अवलोकन गर्नुभएपछि यो ठाउँ शैक्षिक पर्यटनको पनि केन्द्र बनेको छ । विद्यालयमा देशदेशावरका विद्वानको आगमन बाक्लिएको प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ ।

    आफ्नो नगरको धार्मिक, शैक्षिक र सांस्कृतिक परिचयको विस्तार र प्रवद्र्धनले नयाँ सम्भावनाका द्वार खुल्ने नगरप्रमुख हरिप्रसाद मण्डलको विश्वास छ । आफ्नो नेतृत्वको जनप्रतिनिधि टिम यसै दिशामा दत्तचित्तसाथ अघि बढेको उहाँको भनाइ छ ।

    रासस

    मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.