भरतपुर ५ असोज ।
चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको होटल चितवनमा असोज ८ गते शनिबार भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । दसैं, तिहार, छठलगायत नेपालीका प्रमुख पर्व आगमनको अवसर पारेर म्युजिक एसोसिएसन अफ नेपालले सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा महारथी सुप्रशिद्ध संगितरत्न शम्भुजित बासकोटा र साथमा लोकप्रिय कलाकार आनन्द कार्की ,मान्डवी त्रिपाठी ,विश्व नेपाली टिका प्रसाई मन्जु थापा सुरेश लामा मेलिना मैनाली र नृत्याङ्गना मनिषा थापा ,सुईजा सुनामको आकर्षक प्रस्तुतिको साथमा राजा राजेन्द्रको बेजोड प्रस्तुति रहनेछ । सो सांगीतिक कार्यक्रममा मनोहर सुनाम सहितको बाध्यबादन समुहले कार्यक्रममा मनोरन्जन दिने आयोजकले जानकारी दिएको छ ।
फेस्टिभ मुड नाम दिइएको सांगीतिक कार्यक्रममा नयाँ पुस्ताका चर्चित गायक, गायिकाको पनि प्रस्तुति रहने छ ।
उक्त सांगीतिक कार्यक्रममा नेपाल टेलिकम, एनआइसी एसिया बैंक, मदिरा ब्रान्ड रोयल स्ट्याग ह्विस्की, नेपाल वायुसेवा निगम लगायतको सहयोग रहेको छ ।
कार्यक्रमको अनलाइन पार्टनर नवीन खबर डट कम रहेको छ ।





