चितवन । चितवन क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधि सभासदस्य कृष्ण भक्त पोख्रेलले अन्ततः आफूले प्रयोग गर्दै आएको सुविधाको गाडी फिर्ता गरेका छन । सेवाअवधि सकिएपछि पनि नैतिकताको आधारमा सरकारलाई फिर्ता नगरी उनले गाडी प्रयोग गर्दै अधिकारको दुरुपयोग गर्दै आएका थिए । केही दिन अघिमात्र नवीनखबरमा ‘कृष्णभक्त पोखरेलसहितका यी १५ जना पूर्वसांसदले फिर्ता गरेनन् सुविधाको गाडी’ शिर्षकको समाचार प्रकाशित भएको थियो । चुनावको मुखमा नजिकै आएर उनले सुविधाको गाडी फिर्ता गरेका हुन् । पोख्ररेलले संघीय संसद सचिवालयको क्लीन चिट सहित सामाजिक सञ्जालमा स्टाटस लेखेर गाडी सहित अन्य जिन्सी सामान फिर्ता गरेको जानकारी समेत गरेका छन
सबैसंँग बोली मिठो र व्यवहार र काममा कमजोर उनले आफ्नो फेसबुक स्टाटसमा आफूले आफ्नो निर्वाचन क्षेत्रमा धेरै काम गरेको दाबी समेत गरेका छन ।
उनको फेसबुक स्टाटस यस्तो छ :
‘समआदरणीय दाजु भाई दिदी वहिनीहरूमा सादर नमस्कार । यहाँहरूको अमुल्य मतवाट प्रतिनिधि सभाको सदस्यमा चितवन २ नम्वर क्षेत्रवाट निर्वाचित भई कानुन न्याय तथा मानव अधिकार समितीको सभापतिको रूपमा ४ वर्ष भन्दा वढी काम गर्ने अवसर पाएँ,सम्पुर्ण आदरणीय मतदाताहरूमा कृतज्ञता टक्रयाउदछु ।मेरो नेतृत्वमा १७६ वटा भन्दा वढी कानुनहरूलाई सर्वसम्मत रूपमा संसोधन गरी न्यायोचित व्यवस्था सहित संविधान अनुकुल वनाउन सफलता मिलेको छ।खाद्य अधिकार, स्वास्थको अधिकार , आवासको अधिकार,शिक्षाको अधिकार रोजगारीको अधिकार जस्ता मौलिक हकहरू कार्यन्वयनको लागि १६ वटा नयाँ कानुनहरू पनि यसै अवधिमा निर्माण भएका छन् तर कार्यन्वयनमा अझ चुनौती नै छ ।म पहिलो पटक निर्वाचित हुदाँ दाहाखानी, काउले , चण्डीभन्ज्यांग र दारेचोकमा विजुली थिएन, अहिले अधिकांश ठाऊमा विजुली पुगेको छ।ईच्छाकामना २ लगाएतका क्षेत्रमा १० करोड़ भन्दा वढी वजेट विद्युत विस्तारका लागि परेर पनि ठेकेदारको लापरवाहीको कारण काम हुन सकेको छैन, ठेकेदारलाई कालोसुचीमा राखी काम नयाँ ढंगवाट अगाढी वढाउन प्रयास भएको छ ।
शक्तिखोर फिस्लींग वाटो ७८ करोडको लागतमा निर्माण अन्तिम चरणमा पुगेको छ । भोर्ले दाहाखानी सडक २५ करोडको लागतमा निर्माण काम शुरूवात भएको छ। जलविरे ढुग्रे सड़क निर्माण लगाएत पहाड़ी वाटाघाटाहरू निर्माण भएको छ भने भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा पनि सवै वडाहरूमा केहि न केहि विकासको काममा सहयोग पुगेको छ ।
भौतिक निर्माणका लागि स्थानिय तहलाई नै मजवुत वनाउनु पर्दछ भनि केन्द्रवाट वढी भन्दा वढी वजेट पठाउने नीतिगत प्रवन्ध गर्न आफ्नो ठाऊवाट लागियो ।नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओली प्रधानमंत्री हुदाँ उहाँले कोकाकोला पुल्चोक वाटो र सभा गृह भवनमा वजेट विनियोजन गरि शिलान्यास गरि विकासका महत्वपूर्ण पहलकदमी सुरूवात गर्नु भएको छ। केन्द्रीय वजेटवाटै वाईपास वाटो निर्माण काम अगाढी वढी रहेको छ।नारायणी मावी, आदिकवी मावी, सर्वशान्ती मावी, कविलास मावी, भिमोदय मावी, लंकु मावी, कृष्णपुर मावी,वाह्रघरे मावी,देवघाट मावी, पृथिवी मावी,कैलाश नगर मावी,नयाँ किरण मावी,चमेलीदेवी मावी लगाएतका विद्यालयहरूमा केहि न केहि सहयोग पुर्याएको छ।’ ’’जेष्ठ नागरिक भवन भरतपुर र प्रेमवस्ती, थारू संग्रहालय पदमपुर आदि केहि संघ संस्थाहरूमा सहयोग पुगेको छ। वाह्रघरे स्पोट गृह वनेको छ । जनतासँग गरेका प्रतिवद्दता कतिपय पुरा गर्न प्रयास गर्दा गर्दै पुरा गर्न नसकिएकोमा क्षमा चाहान्छु ।
वहुविवाहा सदाका लागी अन्त्य,वलत्कार गरि हत्या गर्ने लगाएत ६ प्रकारका अपराधीलाई आजिवन कारागारमा नै रहनुपर्ने व्यवस्था, सम्पत्तिमा महिलाको समान हक जस्ता राम्रा प्रवन्ध भएका छन ।आज संसदमा वुझाउनु पर्ने गाडी लगाएत सवै वुझाएर किल्यरेन्स लिएर विदाई भईएको छ ।यहाँहरूवाट पाएको मायाँ ममता आगामी दिनमा पनि पाईरहने आशा व्यक्त गर्दछु ।’




