• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पूर्वी नवलपरासीमा ६ पदका लागि ७६ जनाको उम्मेदवारी


  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • कावासोती, २४ असोज ।

    Advertisement

    मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पाँच स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट डा शशांक कोइराला, नेकपा (एमाले) बाट कृष्णप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजन गौतम, नेपाली कांग्रेस (वीपी) बाट मोहन आचार्य, जनता समाजवादी पार्टी नेपालबाट भुमबहादुर राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमछिरी शेर्पा, हाम्रो नेपाली पार्टीबाट तुलसीराम भुसाल, नेपालका लागि नेपाली पार्टीबाट रुक्मागत चापागाईँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट टकबहादुर थापामगर, नागरिक उन्मुक्ति पार्टीबाट कमल महतोले उम्मेदवारी दर्ता गराएका छन् भने गैडाकोट–४ का एकनाथ पोखरेल, देवचुली–१६ का चित्रध्वज जिसी, कावासोती–८ का सूर्यप्रसाद सापकोटा, विन्दु भट्टराई र गैडाकोट–१२ का विष्णु भट्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यसैगरी क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) मा दुई स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराउनेमा कांग्रेसका महेन्द्रध्वज जिसी, नेकपा एमालेका रवीन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापा, राष्ट्रिय जनमुक्ति पार्टीका बीना आले, नेपाली कांग्रेस (वीपी) का यमनाथ बस्ताकोटी, हाम्रो नेपाली पार्टीका बद्री काप्री, मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार गुरुङ, जनता समाजवादी पार्टी नेपालका अनु बुढाथोकी रहनुभएको छ भने गैडाकोट–१ का राजेन्द्रप्रसाद उपाध्याय र सोही स्थानकै सरोज कँडेलले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

    त्यसैगरी क्षेत्र नं १ प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नागरिक उन्मुक्ति पार्टीका खनसराम महतो, नेपालका लागि नेपाली पार्टीका खिमबहादुर सुनार, नेपाली कांग्रेस (वीपी) का गणेशप्रसाद पोखरेल, जनता समाजवादी पार्टी नेपालका छविलाल मगर, मङ्गोल नेशनल अर्गनाइजेशनका टमबहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनाथ उप्रेती, नेकपा एमालेका रोशनबहादुर गाहामगर, नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल र राष्ट्रिय जनमुक्ति पार्टीका शिवकुमार बुढा रहनुभएको छ भने कावासोती–२ का ईश्वरजङ्ग थापामगर, देवचुली–१३ का चोकनारायण काफ्ले र देवचुली–११ का ठाकुर चापागाईँले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    त्यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ पाँच जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेल, नेपाल लोकतान्त्रिक पार्टीका अम्मरबहादुर धामी, माओवादी केन्द्रका बालकृष्ण गैरे, कांग्रेसका विष्णुकुमार कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका सिंहबहादुर थापा, एमालेका तिलबहादुर महत क्षेत्री, नागरिक उन्मुक्ति पार्टीका बुद्धिराम थनेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका विषुप्रसाद शर्मा, मङ्गोल नेशनल अर्गनाइजेशनका ज्ञानबहादुर कुमालले उम्मेदवारी दर्ता गराउनुभएको छ भने बालकृष्ण कुँवर जोगी, मुक्तिप्रसाद पाण्डेय, सागर पाठक, लालबहादुर मल्ल, रामप्रसाद आचार्यले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

    क्षेत्र नं २ को प्रदेशसभा (क) मा तीन स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेमा मौलिक जरोकिलो पार्टीबाट लक्ष्मीकान्त रिमाल, हाम्रो नेपाली पार्टीबाट यदुनाथ सिग्देल, माओवादी केन्द्रबाट सौगमकुमार सिरपाली विक, राष्ट्रिय जनमुक्ति पार्टीबाट थामबहादुर गाहा, एमालेबाट पदमा जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुनबहादुर आलेमगर, कांग्रेसबाट विष्णुप्रसाद लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट निकिता श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट हर्कबहादुर डिसुवा मगर र नेपाली कांग्रेस (वीपी) बाट हेमराज गुरौंले उम्मेदवारी दर्ता गराउनुभएको छ भने योग मल्ल, चेतनाथ पोख्रेल र प्रेमनारायण पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मोहनसिंह थापा वकावल, नेपाली कांग्रेस (वीपी) बाट रामचन्द्र भण्डारी, एमालेबाट लक्ष्मणबहादुर पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट युवराज कुमाल, नेकपा (एस) बाट डा गोपालप्रसाद खनाल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट लालबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने विनयीत्रिवेणीका रोशन केसी, मध्यविन्दुका दामोदर न्यौपाने र सुरेश कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रासस

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.