परासी ।मंसीर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनका लागि देशमा चुनावी सरगर्मी दिनानुदिन बढ्दै छ । हरेक उम्मेद्वार , कार्यकर्ता छलफल र मतदाता भेटघाटमा व्यस्त छन । अघिल्लो संघीय निर्वाचन भन्दा यो निर्वाचन केही फरक भने पक्कै छ । एकातिर कांँग्रेस नेतृत्वको गठबन्धन अर्कोतिर नेपाल कम्युनिष्ट पार्टी (एमाले )समर्थक गठबन्धन । यी दुबै तीब्र प्रतिस्पर्धामा उत्रेका छन । यसपटकको निर्वाचनमा उम्मेदवारपनि फरक पृष्ठभूमि , फरक क्षेत्रकाले उम्मेद्वारी दिएका छन ।
कोही पाका कोही युवा , कोही भिन्न पेशा , व्यवसाय अंगालेका उम्मेद्वारहरु निर्वाचनमा उत्रेका छन । तर नवलपरासीको चुनावी माहोल भने केही फरक छ । यहांँको चुनावी मैदानमा एकातिर विपीका पुत्र शशांक कोइराला अर्कोतिर नेपालका एक मात्र अर्बपति विनोद चौधरी उत्रिएका छन । यतिबेला देशैभर घरदैलो कार्यक्रममा नेता कार्यकर्ता मत माग्न व्यस्त त छदैं छन।
यसै क्रममा चौधरीको चुनावी क्षेत्र परासी क्षेत्र नम्बर १ मा चौधरीले पनि घरदैलो भेटघाट र घरदैलो कार्यक्रमलाई तीब्रता दिदै गएका छन । हिजोका दिनमा उनी दर्जनौं विलासी गाडीमा शयर गर्ने उनी पछिल्लो दिनहरुमा मोटरसाइकल चढेर जनतासंँग मत माग्दैछन । जुन दृश्य धेरैको लागि अनौठो पनि लाग्न सक्छ ।
तर आफू राजनीतिमा लागेपछि र जनप्रतिनिधि हुंँदै गर्दा जनतासंँग नजिक र जनताको भावना बुझ्न मोटरसाइकलमै घरदैलोमा सक्रिय भएका हुन्। जनतासंँग प्रत्यक्ष रुपमा साक्षात्कार हुन पाउंँदा र उनीहरुको भावना र समस्या बुझ्न पाउंँदा आफूलाई उद्धेलित हुनु स्वभाविक नै हो।
चुनावी संग्राममा उनले सामाजिक सञ्जालमा पनि आफूलाई उत्तिकै अभ्यस्त गर्दै लगेका छन । त्यसैलेत उम्मेदवार चौधरीले सामाजिक सञ्जालमा आफ्ना धारणा र प्रतिबद्धता पोष्ट गर्दै भनेका छन ,‘अघि बढिसकेका मेरा यी पाईला हरु अब न थाक्ने छन् न रोकिने नै छन ।हिजो म आफ्ना जनता माँझ अप्रत्यक्ष रुपमा हर सुखदुःख साथ थिए भने,आज प्रत्यक्षरुपमा जनताको घर आगँनमा छु । ’उनले यो अवसरप्रदान गर्नेप्रति कृतज्ञता समेत व्यक्त गरेका छन ।
’मलाई यो अवसर प्रदान गर्नु हुने सबै लाई मेरो अन्तरमन देखि कृतज्ञता व्यक्त गर्दै मेरा पाखुरा, मेरा विवेक, मेरो बल बुद्धिलाई समृद्ध देश , सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनता माँझ पुर्ण समर्पित भएको छु ।’ उनले लेखेका छन । उनले कृषकलाई समेत मन छुुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
‘देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै कृषकका हर समस्या समाधान गर्दै,बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समय सापेक्ष आमूल परिबर्तन गर्ने अठोटका साथ,आफ्ना जनता, साथीभाई अनि दाजुभाईका बीच उभिएको छु ।’ उनको दृढ अठोट छ ।
चौधरी थप्छन, ‘धेरै हेर्यौँ र पर्खियौँ अब समृद्धि र बिकासको सपना छिटैँ पूरा गरौँ । म जनताको साथमा, अनि देशको आमूल परिवर्तन हाम्रो साथमा ।’





