• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. संघीय संसद्को बैठक बस्दै

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

बाहरुको कथा : महापुरुष


  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
  • काठमाडौं, ८ कात्तिक ।

    Advertisement

    रिलिज हुनुभन्दा पाँच दिनअगाडि नै फिल्म ‘महापुरुष’ को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिनुभयो ।

    प्रिमियर शोमा फिल्म हेर्न ‘महापुरुष’ टोलीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, केकी अधिकारी, बेनिषा हमाल, निश्चल बस्नेत, स्वस्तिमा खड्कालगायत सेलिब्रेटी पुग्नुभएको थियो ।

    प्रिमियर हेरिसकेपछि अभिनेता खगेन्द्र लामिछानेले कथा र विषयवस्तुको उच्च प्रशंसा गर्नुभयो । “बाहरुको कथामा आधारित फिल्ममा इमोसन, कमेडी, सन्देश सबै छ । यो सबै उमेर समूहका दर्शकलाई हुने बनेको छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो फिल्मले देखाएको छ”, उहाँले भन्नुभयो । अभिनेत्री स्वस्तिमा खड्काले सम्पूर्ण पक्ष राम्रो रहेको भन्दै तारिफ गर्नुभयो । “यहाँ विकल्प रहने अवस्था नै थिएँ । जसले जुन भूमिका निर्वाह गर्नुभएको छ, पर्फेक्ट कास्टिङ छ”, उहाँले भन्नुभयो । भाइटीकाको भोलिपल्टबाट सार्वजनिक प्रदर्शनमा आउने ‘महापुरुष’ हेरेपछि हास्यकलाकार किरण केसीले अहिलेसम्मकै उत्कृष्ट भन्दै तारिफ गर्नुभयो ।

    “हरिवंशले निर्वाह गर्नुभएको भूमिका जीवन्त छ । बाँकी कलाकारहरूले पनि दर्शकसँग जोडिने भूमिका निर्वाह गरेका छन् । यो फिल्म सम्पूर्ण परिवार एकैसाथ बसेर हेर्नुपर्ने बनेको छ”, उहाँले भन्नुभयो । निर्देशक निश्चल बस्नेतले फिल्मको विषय र पटकथा निकै बलियो रहेको प्रतिक्रिया दिनुभयो । “फिल्म कस्तो लाग्यो भन्ने मेरो अनुहारमै देखिएको जस्तो लाग्छ । हरि दाइलाई धेरै समयपश्चात् यस किसिमको भूमिकामा देख्न पाएँ । मदन दाइ समेतलाई ठूलो पर्दामा हेर्न पाउँदा धन्य छु”, उहाँले भन्नुभयो ।

    अभिनेत्री केकी अधिकारीले फिल्म हेरिसकेपछि आफ्नो अभिभावकका बारेमा सोचेको बताउनुभयो । “हाम्रो अभिभावकको सम्बन्धलाई सहजै स्वीकार्न सक्दैनौँ । त्यो सही गरिरहेका छौँ कि गलत भन्ने सोच्न बाध्य बनाउँछ । फिल्ममा गम्भीर विषयलाई मनोरञ्जनात्मक शैलीमा भनिएको छ”, उहाँले भन्नुभयो । अर्की अभिनेत्री बेनिषा हमालले फिल्म नहेर्ने दर्शक पछुताउने प्रतिक्रिया दिनुभयो ।

    प्रिमियरमा पाहुनाहरुबाट प्राप्त प्रतिक्रियाले हास्यकलाकार हरिवंश आचार्यले ऊर्जा प्राप्त भएको बताउनुभयो । “हाम्रो मेहनतको फल लिँदैछौँ । सबैले विषयसँगै प्रस्तुति मन पराउनुभएको छ । हामीले उठान गरेको विषयले सामान्य प्रभाव छाड्यो भने पनि हाम्रो जीत हुनेछ”, उहाँले भन्नुभयो ।

    फिल्ममा अभिनेता आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, रवीन्द्र सिंह बानियाँसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली हुनुहुन्छ । एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ्ग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । रासस

    मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.