• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

धेरै सुत्ने बानीले निम्त्याउने ६ समस्या


  •   सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
  • १४ कात्तिक  

    Advertisement

    मान्छेको लागि धेरै सुत्नु भनेको सबै भन्दा घातक भएको एक अनुसन्धानले जनाएको छ । आवश्यकताभन्दा बढी सुत्नाले हृदय रोग र ज्यान जाने जोखिम बढ्ने एक नयाँ अनुसन्धानले बताएको छ ।

    चीनको म्याकमास्टर एण्ड पिकिंग युनियन मेडिकल कलेजले गरेको अनुसन्धानमा पत्ता लागे अनुसार राती र दिउँसोको निन्द्रा जति लामो हुन्छ खतरा त्यति नै बढ्ने गर्छ । यो शोध युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको हो । अनुसन्धानमा २१ देशका एक लाख १६ हजार ६ सय ३२ वयस्क समावेश गरियो ।

    अनुसन्धानकर्ताले ७.८ वर्षसम्म ती व्यक्तिहरुको निन्द्रा र समग्र स्वास्थ्यबारे अनुसन्धान गरेका छन् । उक्त अनुसन्धान अनुसार आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिलाई हार्ट स्ट्रोक र हार्ट फोल्योरको अत्यधिक खतरा देखियो । यस्ता व्यक्तिको चाँडै नै मृत्यु हुने सम्भावनामा ४१ प्रतिशतको बढोत्तरी देखियो ।

    उदाहरणका लागि राती आठदेखि ९ घण्टा सुत्नेहरुमा मृत्यु र मुटु रोगको सम्भावनामा पाँच प्रतिशत खतरा देखियो भने १० घण्टा सुत्नेहरुलाई १७ प्रतिशत र १० घण्टा बढी सुत्नेहरुमा ४१ प्रतिशत खतरा देखियो । दिउँसो एकैछिन सुत्ने र राती ६ घण्टाभन्दा कम सुत्नेभन्दा दिउँसो पनि सुत्ने र राती पनि ६ घण्टा बढी सुत्नेहरुमा मृत्यु र मुटु रोगको सम्भावना धेरै पाइयो ।

    ‘राती सुत्न नपाएकाले मात्र दिउँसो सुतेर यसको भरपाई गर्नुपर्छ,’ वाङले सिएनएनलाई भने । यसअघि गरिएको अनुन्धानमा पर्याप्त निन्द्रा नपुग्दा उच्च रक्तचाप, मोटोपना, मुटुरोग र मधुमेहको खतरा हुने बताइए पनि यो नयाँ अनुसन्धानमा भने यीबारे सम्बन्ध नपाइएको बताइएको छ ।

    वाङका अनुसार दैनिक ६ देखि आठ घण्टाको सुताई पर्याप्त हो । अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन र स्लिप रिसर्च सोसाइटीले १८ देखि ६० उमेर समूहलाई सात घण्टा सुत्न सल्लाह दिएको छ ।

    धेरै सुत्दा शरीरमा कस्तो असर पर्दछ?

    वैज्ञानिकहरूका अनुसार, धेरै सुत्ने बानीले निम्न प्रकारका समस्याहरू (व्यक्ति अनुसार) आउन सक्छन्ः

    १. डिप्रेसन

    ‘धेरै निन्द्रा’ लाग्नुलाई डिप्रेसनको सम्भावित लक्षण पनि मानिँदै आएको छ। तथापी, अधिकांश डिप्रेसन बिरामीहरूले भने निन्द्रा नलागेको बताएका थिए। करीब १५% डिप्रेसन रोगीहरू धेरै सुत्ने गर्छन्।

    २. बढि दुखाई

    अधिकांश समयमा हामीलाई दुखाई भैरहेको बेलामा आराम गर्दा वा सुत्दा राहत मिल्ने गर्छ। तर कहिलेकाहिँ धेरै सुत्दा पनि अनावश्यक दुखाई हुने अनुसन्धानबाट देखिएको छ।

    ढाड दुख्ने समस्या छ भने धेरै सुत्दा झन् बढि दुख्ने हुन्छ, यो त सबैले याद गर्नुभएकै होला। तर यसमा धेरै कुराले प्रभाव पारिरहेको हुन्छ। सुत्ने पोजिसन नमिलेमा, ओच्छ्याइएको डसना धेरै साह्रो अथवा धेरै गिलो भएमा पनि ढाड दुखाई बढि हुन सक्छ।

    धेरै सुत्ने बानी र ‘टाउको दुख्ने’ समस्याको बीचमा पनि गहिरो सम्बन्ध रहेको अनुसन्धानबाट पत्ता लागेको छ। अत्याधिक सुताईले माइग्रेन तथा चिन्ता रोगमा तीब्रता हुने पनि सो अनुसन्धानबाट पत्ता लागेको हो।

    ३. प्रजननशक्तिमा जोखिम

    कोरियाली वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट के पत्ता लागेको थियो भन्दा, ७/८ घण्टा सुत्ने महिलाहरूको प्रजनन शक्ति (५३%) ५/६ घण्टा सुत्ने महिलाहरू (४६%) वा ९/१० घण्टा सुत्ने महिलाहरूको (४३%) भन्दा बढि रहेको थियो। त्यसैले साधारण समयभन्दा घटि अथवा बढि सुत्दा महिलाहरूको हरमोनमा प्रत्यक्ष नकारात्मक असर पर्ने कुरा उक्त खोजबाट थाहा पाउन सकिन्छ।

    ४. मधुमेह

    हामीले खाएका खानेकुराहरूमा हुने गुलियोलाई, सुतेको बेलामा शरीरले पचाउने काम गर्दछ। शरीरको यो क्षमतालाई ‘ग्लुकोज टोलरेन्स’ (Glucose Tolerance) भनिन्छ। यदि हामी साधारण समयभन्दा कमि अथवा बढि सुतेमा, शरीरको यो क्षमता अनियन्त्रीत हुन थाल्दछ र पर्याप्ता मात्रा गुलियो पदार्थलाई पचाउन असमर्थ हुन्छ। जसले गर्दा शरीरमा चिनी (गुलियो) को मात्रा बढि भइ मधुमेह हुन जान्छ।

    ५. मोटोपना

    क्यानेडामा भएको एक खोजबाट ‘धेरै अथवा कम सुताई’ र ‘मोटोपना’को सम्बन्धको बारेमा जानकारी प्राप्त भएको थियो। उचित समयभन्दा कमि अथवा बढि सुत्नेहरूलाई मोटोपना हुने सम्भावना २१% ले बढेको उक्त खोजबाट पत्ता लागेको थियो। यसको कारण भनेकै शरीरमा चिनीको मात्रा बढि हुनु हो।

    ६. मुटुसम्बन्धि रोग

    हालै युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धाकर्ताहरूले सुताई र मुटुरोगबीचको सम्बन्ध पत्ता लगाउन एक अनुसन्धान गरेका थिए। सो अनुसन्धानबाट दैनिक ८ घण्टा सुत्ने मानिसहरूलाई मुटुसम्बन्धि रोग लाग्न सक्ने सम्भावना ४६% रहेको पत्ता लागेको थियो भने ८घण्टा भन्दा बढि सुत्नेहरूलाई ४ गुणा बढि सम्भावना रहेको पत्ता लागेको थियो।

    धेरै सुत्ने बानीलाई कसरी हटाउने?

    ‘बानी’ भनेको हामीले चाहेअनुसार परिवर्तन गर्न सकिने कुरा हो। यदि तपाईँको धेरै सुत्ने बानी छ भने त्यसलाई हटाउने एउटै उपाय भनेको ‘कम सुत्ने’ नै हो। तर कसरी? एकैदिनमा यो सम्भव छैन, समय लाग्न सक्छ। तर तपाईँको मुटु अनि शरीरको स्वास्थ्यको कुरा छ, जति समय लागेपनि त्यो बानीलाई हटाइहाल्नु उचित हुन्छ।

    तपाईँलाई आवश्यक पर्ने निन्द्राको समयको मूल्याङ्कन गर्नुहोस्। तर ८ घण्टा भन्दा बढि नहोस्।
    उठ्ने समयलाई निर्धारण गर्नुहोस्। कार्यालयको समय अथवा परिवारको चाहनाअनुसार आफ्नो उठ्ने समयलाई निर्धारण गर्न सकिन्छ।
    हरेक दिन त्यहि समयमा उठ्ने बानी गर्नुहोस्। बिदाको दिन होस् या कामको दिन, त्यहि समयमा उठ्नुहोस्।
    कोठाभरी नै आलरम घडी राख्नुहोस्। जब आलरम बज्छ, उठिहाल्नुहोस्। स्नुज गर्ने काम नगर्नुहोस्। सकेसम्म घडीलाई सुतेको ठाउँबाट टाढै राख्नुहोस्।
    हरेक रात एउटै समयमा सुत्ने गर्नुहोस्।
    यहि तालिकालाई दृढ भएर कम्तीमा पनि २ हप्ता पालना गर्नुहोस्। अनि आफैले फरक पाउन सक्नुहुन्छ।
    यो तालिका अपनाएर तपाईँको सुत्ने बानीमा सुधार आयो र पछि फेरि त्यस्तै ‘धेरै सुत्ने’ बानी लाग्यो भने चाहिँ अब स्वास्थ्य चौकी जानुपर्ने बेला भयो भनेर बुझ्नुहोस्। माथि नै उल्लेख गरेअनुसार, यस्तो बानी भनेको विभिन्न खतरनाक समस्याको लक्षण हुन सक्छ। मानिसको लागि निन्द्रा अपरीहार्य छ, गुणस्तर र मात्रा दुवै कुरामा निन्द्रालाई नियन्त्रण गर्नुपर्दछ। एजेन्सी

    सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.