काठमाडौं १५ कार्तिक
नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यतिमा कर्पोरेट हाउसको नयाँ प्रोडक्ट सार्वजनिक गर्ने शैलीमा अध्यक्ष केपी शर्मा ओलीले हात स्क्यान गरेर आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ । अहिले अध्यक्ष ओलीले घोषणा पत्रको मुख्य–मुख्य अंशबारे ब्याख्या गरिरहेका छन् ।घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट शुरु हुने एमालेले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।




