काठमाडौं १६ कात्तिक
प्रधानमन्त्री शेरबहादुर देउवा आज एक साताका लागि धनगढी जादैछन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी जान लागेका हुन्।
आसन्न निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदान आउन १६ दिन बाँकी रहँदा जिल्लाको एकमात्र निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका प्रधानमन्त्री देउवा आफ्नो निर्वाचन क्षेत्रमा खटिने कार्यक्रम रहेको जनाइएको छ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गर्नेछ भने त्यहाँबाट उनी राष्ट्र बैँकको निवास जानेछन्।
आज धनगढीमा स्थानिय नेता तथा कार्यकर्तासँग भेटघाट तथा छलफल गरेर भोलिदेखि चार दिन उनी आफ्नो गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा सहभागी हुनेछन्।




