चितवन, २० कात्तिक ।
प्रतिनिधिसभा सदस्य पदका लागि वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर २ को साझा उम्मेदवार उमेश श्रेष्ठले कालिका नगरपालिकामा हरियालीयुक्त औद्योगिक क्षेत्र बनाएर पर्यटन विकास गर्ने आफ्नो योजना रहेको बताएका छन् ।
आइतबार घरदैलो कार्यक्रम अन्तर्गत कालिका नगरपालिका वडा नम्बर १, २, ४ र ५ मा मतदाताहरुसँगको कुराकानीका क्रममा श्रेष्ठले हरियालीपूर्ण औद्योगिक क्षेत्रको विकास गरी एकातिर बेरोजगारीको अन्त्य र उद्योगको विकास गर्न सकिने तथा अर्कोतिर पर्यटन प्रवद्र्धन गरी आयआर्जन गर्न सकिने बताएका हुन् ।
यसैबीच, नेपाल सरकारका राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले आइतबार नै भरतपुरमा चितवन क्षेत्र नम्बर २ वाम–लोकतान्त्रिक गठबन्धन दलहरुको संयुक्त विद्यार्थी भेलालाई सम्बोधन गरेका छन् । उनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै शिक्षा नै सर्वोपरि भएकोले सामुदायिक शिक्षाको विकासमा आफूले योगदान गर्न चाहेको बताए ।




