• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

डडेल्धुरामा देउवाका चार दिन : मतदाताका अपेक्षादेखि प्रधानमन्त्रीका योजनासम्म


  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
  • डडेल्धुरा २२ कात्तिक 

    Advertisement

    पाँचपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्तित्व जन्माएको सुदूरपश्चिमको डडेल्धुरा जिल्ला आफैँमा विकासका दृष्टिमा यहाँका अरू छ पहाडी जिल्लाको तुलनामा अघि छ ।

    त्यसो त भौगोलिक रुपले पनि सात पहाडी जिल्लाको पायक पर्ने स्थानमा अवस्थित छ डडेल्धुरा । विसं २०४८ संसदीय निर्वाचनदेखि अनवरतरुपमा जिल्लाको प्रतिनिधित्व गर्दै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मस्थल यही जिल्ला हो । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन सुरु गर्नुभएका देउवा अहिले माउ पार्टी कांग्रेसकै सभापति हुनुहुन्छ । उहाँ नै आगामी मङ्सिर ४ मा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

    प्रतिनिधिसभामा यो उहाँको सातौँ पटकको उम्मेदवारी हो । यसअघि छपटक उहाँले यसै क्षेत्रबाट निर्वाचित हुनुभएको छ र मुलुकको गृह हँुदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । त्यसैले आसन्न निर्वाचनमा पनि यहाँका जनताले उहाँलाई नै चयन गर्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

    सात स्थानीय पालिका रहेको डडेल्धुरामा यस पटक निर्वाचन लक्षित चारदिने कार्यक्रम सकेर धनगढी फर्किनुभएका प्रधानमन्त्री देउवाले गृह जिल्लाको समग्र विकासका जनआकाङक्षानुसार अघि बढ्ने योजना मतदाताहरुलाई चुनावी सभाका क्रममा सुनाउनुभयो ।

    गत बिहीबार डडेल्धुरा सदरमुकाम खलङ्गामा पहिलो चुनावी सभामा सम्बोधन गरेका देउवाले सत्तागठबन्धनका उम्मेदवारसहित सबैजसो पालिका पुगेर मत माग्नुभयो ।

    आइतबार भित्रीमधेसस्थित जोगबुढामा चुनावीसभामा अन्तिम सम्बोधनपछि गृह जिल्लाबाट बिदा भएर धनगढी आउनुभएका प्रधानमन्त्री देउवाको चुनावी भेटघाट नियमित छ । विसं २०४८ को संसदीय निर्वाचन जितेपछि जितको यात्रालाई साताँैपटक निरन्तरता दिने तयारी रहेका देउवाललाई यस पटक भने विगतका निकटतम प्रतिद्वन्द्वी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलको दरिलो साथ रहेको छ ।

    सुरुदेखि नै देउवालाई मत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै आएका डडेल्धुरावासीको यस पटकको माग भने शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका साथै भित्रीमधेसमा नदी कटान नियन्त्रणका लागि तटबन्धदेखि महाकालीमा पुलसम्म रहेका छन् । चुनावी सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्थानीयस्तरमा रहेका समस्या समधानका साथै डडेल्धुरामा मेडिकल कलेज स्थापनादेखि विमनस्थल निर्माणको विषय मतदातासामु राख्नुभयो ।

    डडेल्धुराको आलितालमा आयोजित चुनावीसभामा देउवाको सभामा सहभागी भएका आलिताल गाउँपालिका–४ का ९० बर्षीय बलभद्र बोहराले देउवालाई सुदूरपश्चिमको खम्बाका रुपमा चित्रण गर्नुहुन्छ । ‘‘देउवाजी सुदूरपश्चिमको अभिभावक र हाम्रो खम्बा नै हो”, उहाँले भन्नुभयो, “डडेल्धुरावासीले राखेका माग उहाँले पूरा गर्दै आउनुभएको छ, उहाँप्रति नै हाम्रो आशा र भरोसा रहेको छ ।”

    उहाँले देउवाले राज्य तथा राजनीतिमा प्राप्त गरेको सफलता सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताउनुभयो । “भित्रीमधेसमा राम्रो अस्पताल भइदिए बिरामीहरुले उपचारका लागि तराई झर्नुपर्ने थिएन”, बोहराले भन्नुभयो, “यहाँ पानीको स्रोत भए पनि सिँचाइका लागि व्यवस्था गरिदिए हुन्थ्यो, यसपालि उहाँलाई जनताले राम्ररी माग राखेका छन्, हेरौँ यो पनि उहाँले पूरा गर्नुहुनेछ ।” उहाँले स्थानीय खोलाको तटबन्ध निर्माण बाँकी रहेको सो विषय नेताहरुलाई दबाब दिइने बताउनुभयो ।

    “निष्ठाको राजनीतिमा खडेरी परिरहेका बेला डडेल्धुरावासी एकताबद्ध भएर लामो समयदेखि देउवालाई नै जिताउँदै आएका छन् र उहाँले पनि यहाँका नागरिकको आशा र भरोसाको सम्मान गर्दै आउनुभएको छ । बोहराले भन्नुभयो, “अहिले त बुवा÷छोराको विचार नमिल्ने बेला देउवाजीले ठूला पार्टीबीच गठबन्धन गरेर कुशल क्षमता प्रर्दशन गर्नुभएको छ यसलाई हामीले सम्मान गर्नुपर्छ ।”

    चुनावी सभामा प्रधानमन्त्रीले आफूलाई मात्र नभई प्रदेशसभाका सत्ता गठबन्धनका उम्मेदवारलाई समेत मत माग्दै हिँड्नुभयो । “मै सित माओवादी नेता खगराज भट्टजी तीनपटक निर्वाचन हारे”, देउवाले भन्नुभयो, “यसपटक गठबन्धनबाट उहाँलाई जिताउनुहोस, सुदूरपश्चिमको मुख्यमन्त्री बनाइने छ ।”

    उहाँले विगतको राजनीति लडाइँ बिर्सेर आगामी दिनमा स्थायी सरकारका लागि पनि गठबन्धन आवश्यक रहेको विषयमा मतदातालाई आश्वस्त पार्नुभयो । चुनावी सभाका क्रममा यहाँको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर, अजयमेरु गाउँपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धनलाई नै मत माग्नुभयो ।

    डडेल्धुरामा नेपाली कांग्रेस बिपीका नेता कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । प्रदेशसभातर्फ सत्ता गठबन्धनबाट प्रदेशसभा (क) मा माओवादी नेता खगराज भट्ट र (ख) मा नेपाली कांग्रेसका नेता प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज जोशी उम्मेदवार छन् ।

    आलितालका गाउँपालिकाका ७६ बर्षीय रामसिंह बोहराले देउवाले सुदूरपश्चिमलाई मूलधारसित जोड्न कर्णाली पुल बनाउनेदेखि यहाँका ठूला विकासमा पहल गरेको बताउनुभयो । “सुदूरपश्चिमलाई देश चिनाउनेदेखि यहाँको विकासका लागि उहाँको ठूलो भूमिका छ”, उहाँले भन्नुभयो, “अहिले पनि डडेल्धुराको विकासका धेरै योजनाहरु जारी छन् ।” बुबाका पालामा टनकपुरबाट भारी बोकेर नुन यहाँ पु¥याउनुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ ।

    “सडक पूर्वाधार गाउँगाउँसम्म बने र घर–घरमै नुन पुगिरहेको अवस्था छ”, बोहराले भन्नुभयो, “उपचारका लागि मात्रै यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता हटेको छैन ।” ९१ हजारभन्दा केही बढी मतदाता रहेको डडेल्धुरामा आसन्न निर्वाचनका लागि एक सय ३९ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा यहाँबाट निर्वाचित भइसक्नुभएको छ र पाँच पटकसम्म मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ । सोह्र वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ सालको निर्वाचन यहाँबाट प्रत्यक्षतर्फ निर्वाचन जित्ने कांग्रेसका एक्ला नेतासमेत हुनुहुन्छ देउवा ।

    डडेल्धुराका सबै पालिकाका सडकपूर्वाधार, विद्युत्, खानेपानी, सिँचाइ लगायतका विकासका काम भइसकेका छन् । भने अहिले देउवाले जोगबुढा क्षेत्रमा नदी कटान नियन्त्रण, महाकालीमा पक्की पुल, मेडिकल कलेज स्थापना, विमानस्थल निर्माण लगायतका विकासका योजना अघि सारेको नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताउनुभयो ।

     

    मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.