• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

मकवानपुर १ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • मकवानपुर, २५ कात्तिक ।

    Advertisement

    संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरुले प्रकाश पार्दै आएका छन् ।

    मकवानपुरको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको सूर्य चिह्नबाट र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । त्यस्तै क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस ९बिपी० बाट सुरेन्द्र भट्टराई, नेमकिपाबाट शान्तलाल भैलसहित २६ जना चुनावी मैदान होमिनुभएको छ । क्षेत्र नम्बर १ को ९१० र ९२० प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) र आनन्दराम पराजुलीले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको छ । नेकपा एमालेको तर्फबाट कमल विष्ट र एकलाल श्रेष्ठ हुनुहुन्छ । राप्रपाका तर्फबाट सागर थापा (१) र गुञ्जनबहादुर न्यौपाने (२) प्रदेशसभा सदस्य पदको निर्वाचनमा प्रतिस्पर्धामा रहनुभएको छ ।

    मकवानपुरमा तीन लाख सात सय ५८ मतदाता छन् । जिल्लामा तीन सय ६४ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १ मा पुरुषतर्फ ७४ हजार नौ सय ३०, महिलातर्फ ७५ हजार दुई सय २१ र चार जना तेस्रो लिङ्गी मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

    यो क्षेत्रमा बागमती, बकैया, मकवानपुरगढी गाउँपालिकाको आधा भाग, हेटौँडा उपमहानगरपालिकाको १ देखि १९ मध्ये १, ३, ११ र १९ नम्बरबाहेक अन्य १५ वडा रहेको छ । राष्ट्रिय राजनीतिमा नेतृत्व प्रदान गर्न सक्ने र जनताप्रति सधैँ उत्तरदायित्व बोध गर्ने व्यक्तिलाई छनौट गरेर मतदान गर्नुपर्ने समय आएको भीमफेदी गाउँपालिका–४ निवासी समाजसेवी ओमबहादुर थापाले बताउनुभयो ।

    मकवानपुरको चिसापानीगढी एवं मकवानपुरगढीको ऐतिहासिक प्राचीन धरोहरलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै हेटौँडामा स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने लक्ष्य र जनतालाई केन्द्र बिन्दुमा राखेर अघि बढ्ने सक्षम नेतृत्व गर्ने व्यक्तिलाई मतदाताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाउनुपर्ने मतदाताको भनाइ छ । निर्वाचनमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा आवाजजावत गर्ने व्यक्तिलाई छनौट गर्नुपर्ने हेटौँडा उपमहानगरपालिका–१२ का समाजसेवी तोयनाथ अधिकारीले बताउनुभयो ।

    संविधानसभा सदस्य एवं एमाले नेता अनन्तप्रसाद पौडेलले आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न विभिन्न राजनीतिक दलका उम्मेदवारले आचारसंहिता पालना गरेर प्रत्येक मतदातालाई आफूले इच्छाएको योग्य क्षमतावान् उम्मेदवार स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्ने मौका दिन आग्रह गर्नुभयो ।

    मकवानपुरमा तीन सय ६४ मतदान केन्द्रबाहेक दुई छुट्टाछुट्टै अस्थायी मतदान केन्द्रको स्थापना गरिएको छ । जसमध्ये कैदीबन्दीको लागि भीमफेदी कारागार, निजामती कर्मचारी र तेस्रो लिड्गीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरको परिसरमा मतदान केन्द्र कायम गरी मतदानको लागि मतदान केन्द्रको निर्माण कार्य सुरु भइरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताउनुभयो ।

    मकवानपुर क्षेत्र नम्बर १ र २ गरी लोकतान्त्रिक वाम गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपालगायत विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६९ उम्मेदवार चुनावी मैदानमा होमिका छन् । जसमध्ये प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ४३ रहेको मुख्य निर्वाचनको कार्यालय मकवानपुरले जनाएको छ ।

    आगामी मङ्सिर ४ मा हुने आमनिर्वाचन सन्दर्भमा मकवानपुरको विभिन्न मतदान केन्द्रको सरक्षा प्रदान गर्न नेपाली सेना जिल्लाको विभिन्न स्थानीय गाउँपालिका पायक गर्ने स्थानमा खटिइसकिएको र म्यादी प्रहरी विभिन्न ६२ प्रहरी चौकीमा पुगिसकेको छ । यही कात्तिक २८ गतेदेखि नेपाल प्रहरीको टोली निर्वाचन सामग्री लिएर विभिन्न मतदान केन्द्रमा प्रस्थान गर्ने भएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले राससलाई बताउनुभयो । रासस

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.