• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले गगनलाई जितायो तेस्रोपटक प्रत्यक्षतर्फको सांसद


  •   मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित
  • काठमाडौँ ६ मङ्सिर

    Advertisement

    नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत माग्नुभएका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा सात हजार चार सय ४७ मतान्तरले विजयी उहाँले २१ हजार तीन सय दुई मत ल्याउँदा भट्टराईले १३ हजार आठ सय ५५ मत पाउनुभएको थियो । विसं २०३३ साउन ४ गते काठमाडौँमा जन्मनुभएका महेन्द्रकुमार थापा र राजेश्वरी थापाको छोरा थापाले स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ ।

    विसं २०४६ को जनआन्दोलनका बेलामा अध्ययनकै उक्त आन्दोलनमा सहभागी हुनुभएका उहाँ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आवद्ध हुनुहुन्थ्योे । उच्च शिक्षा अध्ययनका क्रममा २०५१ सालमा थापा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभएकामा विसं २०५३ को स्ववियु निर्वाचनमा सोही क्याम्पसको सचिवमा निर्वाचित हुनुभएको थियो ।

    विद्यार्थी सङ्घले सचिवका लागि टिकट नदिएपछि उहाँ विद्रोही समूहबाट सचिव निर्वाचित हुनुभएको हो । विसं २०५५ को स्ववियु निर्वाचनमा थापा त्रिचन्द्र क्याम्सको सभापति निर्वाचित हुनाका साथै सोही बखत त्रिभुवन विश्वविद्यालयबाट सिनेट सदस्यमा मनोनित हुनुभयो । विसं २०५७ मा चितवनमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको नवौँ महाधिवेशनबाट उहाँ उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । २०५९ सालमा वीरगञ्जमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको १०औँ महाधिवेशनबाट थापा महामन्त्री मनोनित हुनुभयो। नेविसङ्घको महामन्त्री भएका बेला राजसंस्थाको सान्दर्भिकताका विषयमा बहस गरेर उहाँ चर्चामा आउनुभयो ।

    राजसंस्थाको सान्दर्भिकताका बारेमा बहस गरेरपछि २०६२ सालमा नेविसङ्घका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र थापालाई राजद्रोहको मुद्दा लगाइएको थियो । घिमिरे र थापासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको मुद्दा लगाएपछि राजधानीलगायत मुख्य सहरमा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसबेलाको विद्यार्थी आन्दोलनमा राजतन्त्रविरुद्ध नै नारा लागेको थियो । आन्दोलन चर्किएपछि तत्कालीन सरकार तीनै जना विद्यार्थी नेतालाई छोड्न बाध्य भएको थियो ।

    सोही विद्यार्थी आन्दोलनले थापालाई चर्चित विद्यार्थी नेताका रुपमा स्थापित गरेको हो । विसं २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनताका चर्चित वक्ताका रुपमा उहाँले धेरै ठाउँमा सम्बोधन गर्नुभयो । पहिलो संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा समानुपातिक सूचीमा रहनुभएका थापा परिणाम प्राप्त भएपछि संविधानसभा सदस्य बन्नुभयोे । विसं २०६८ मा उहाँ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकामा महमान्त्रीमा भने पराजित हुनुभएको थियो ।

    महामन्त्रीमा हारेपनि थापा केन्द्रीय सदस्य पदमा मनोनित हुनुभयो । विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ–४ बाट उहाँ पहिलो पटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको थियो । सोही कार्यकालमा २०७१ सालमा थापाले संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गर्नुभयो भने विसं २०७३ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेर गरेको कामका कारण पनि चर्चित हुनुभएको थियो । स्वास्थ्य मन्त्री हुँदा उहाँले सरकारी अस्पतालमा फार्मेसीको स्थापना गराउनुका साथै सफाइमा पनि विशेष अभियान चलाउनुभएको थियो ।

    स्वास्थ्य बीमाको कार्यक्रम पनि थापाको कार्यकालमा आएको थियो ।
    विसं २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उहाँ काठमाडौँ–४ बाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद बन्नुभएको थियो । दोस्रो कार्यकालमा थापाले संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य भएर काम गर्नाका साथै विसं २०७८ मा सम्पन्न कांग्रेस महाधिवेशनबाट भारी मतान्तरले महामन्त्री पदमा निर्वाचित हुनुभएको थियो । कांग्रेस महामन्त्री पदमा थापा र विश्वप्रकाश शर्माको विजयले पार्टीभित्र मात्र नभइ अन्य पार्टी र स्वतन्त्र युवा समूहमा पनि उत्साह जागृत भएको थियो । थापालाई अर्का महामन्त्री शर्माले पनि भावी प्रधानमन्त्री भनी सार्वजनिक घोषणा गर्नुभएको थियो ।

    फरक–फरक भूगोलमा पुगेर युवासँग अन्तक्र्रिया गर्न रुचाउननुहुने थापा सबैका अनुभव सुन्न लालायित बन्नुहुन्छ । विसं २०५९ असोजमा जननिर्वाचित सरकारलाई हटाएपछि भएका विभिन्न आन्दोलनका क्रममा दुई पटक राजद्रोहको मुद्दा खेप्नुभएका उहाँले राज्यबाट संविधानसभा पदक प्राप्त गर्नुभएको थियो ।

    मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.