• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. संघीय संसद्को बैठक बस्दै

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ बिक्री


  •   मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
  • म्याग्दी, १३ मङ्सिर ।

    Advertisement

    मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो रु एक सय २० देखि ३० भएको छ । सरदर प्रतिकिलो रु एक सय १० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् ।

    जसअनुसार निकासी भएको स्याउको मूल्य रु ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८।५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताउनुभयो ।

    “बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो”, उहाँले भन्नुभयो, “अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।”

    कुल पाँच सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ । मुस्ताङको पाँचवटै स्थानीय तहमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११।३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताउनुभयो ।

    यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ । जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन् ।

    यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न छवटा चिस्यान गृहमा करिब ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताउनुभयो । फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन् ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोन कार्यक्रमअन्तर्गत एक सय २५ वटा सहकारी÷समूह÷निजी फार्मका कार्यक्रम सञ्चालित छन् । कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारी स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् ।

    समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस जातका स्याउखेती भएको छ ।

    उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीले स्याउ कोशेलीका रूपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छवटा उद्योग छन् । रासस

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.