• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

पर्यटकीय गन्तव्य बन्दै २ हजार ६३० मिटर उचाइमा रहेको सोलेडाँडा


  •   बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
  • ढोरपाटन, १५ मङ्सिर ।

    Advertisement

    वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पछिल्लो समय यो डाँडा हिमाल तथा सूर्योदय र सूर्यास्त हेर्न पुग्नेहरुको गन्तव्य भएको छ ।

    चैत र वैशाखमा ढकमक्क लालीगुँरास फुल्दा सोलेडाँडाको सौन्दर्य झन् खुल्छ । हिउँदमा डाँडालाई हिउँले छपक्कै छोप्दा यसको आकर्षणको बयान शब्दले पुग्दैन । सडकको सहज पहुँचले पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । यसलाई विदेशी पर्यटकसम्म पु¥याउन प्रचारप्रसारको खाँचो छ ।

    वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन् । यहाँबाट देखिने हिमशृङ्खला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यस डाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरबिर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ । यहाँबाट बागलुङ र म्याग्दीका सयौँ गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुवैतिरबाट घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका स्थानीय बताउँछन् ।

    तमानखोला गाउँपालिका–४ मा पर्ने यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र सहिदको सम्मानका लागि गाउँपालिकाले पूर्वाधार निर्माणसँगै सहिदको सालिक बनाएको छ । गाउँपालिकाले यहाँ सहिद पार्कसहित विभिन्न आन्दोलनमा मृत्युवरण गरेकाको सालिक निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो जनआन्दोलनका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्ती मगर, ओमकार बुढा र गङ्गबहादुर पुनको शालिक राखिएको बताउनुभयो ।

    अध्यक्ष बुढामगर भन्नुहुन्छ, “सोलेडाँडा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, पहिलेदेखि नै निकै चर्चित सोलेडाँडा पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको थियो, हामी निर्वाचित भएर आएपछि पूर्वाधार निर्माणलाई जोड दिएका छौँ, पर्यटक आकर्षणका लागि र सहिदको सम्मानस्वरुप यहाँ सहिद पार्कसहित सहिदको सालिक बनाएका छौँ, यसले पनि पर्यटक भित्र्याउन ठूलो मद्दत गरेको छ ।”

    सोलेडाँडालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पर्यटन पूर्वाधार निर्माणलाई जोड दिएको उहाँको भनाइ छ । सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अध्यक्ष बुढामगर बताउनुहुन्छ । उहाँले पर्यटकको सहजताका लागि सोलेडाँडा क्षेत्रमा शौचालय र खानेपानीको धारो निर्माण भइसकेको बताउनुभयो । यस क्षेत्रमा गाउँपालिकाले पाँच वर्ष अगाडि नै खानेपानीको धारा र शौचालय निर्माण गरिसकेको छ ।

    यहाँ पार्क, सालिकसहित विभिन्न संरचना निर्माणका लागि गाउँपालिकाले हालसम्म करिब रु २० लाख बढी लगानी गरिसकेको अध्यक्ष बुढामगरको भनाइ छ । सोलेडाँडालाई अब राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा परिचित पर्यटकीय गन्तव्यसँग जोड्न पहल भइरहेको अध्यक्ष बुढाको भनाइ छ ।

    गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले सालिक निमार्णको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले दुई जिल्लाको सिमानामा रहेको सोलेडाँडामा दैनिक दर्जनौँ पर्यटक आउने गरेको बताउनुभयो । सोलेडाँडामा पुग्ने सडक राम्रो हुँदा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको उपाध्यक्ष छन्त्यालको भनाइ छ ।

    स्थानीय पूर्ण सिर्पालीले सोलेडाँडामा पर्यटक दिनदिनै आउने गरेको जनाउँदै उनीहरुका लागि बास बस्नका लागि उपयुक्त स्थान भने नभएको बताउनुभयो । सिर्पालीले स्थानीयलाई घरबास ९होमस्टे० सञ्चालनका लागि सरकारले प्रोहोत्सान गरे पर्यटकलाई सहज हुनाका साथै स्थानीयको आयआर्जनको माध्यम बन्नसक्ने बताउनुहुन्छ ।

    उहाँले सोलेडाँडामा हिउँद बर्खा बाह्रै महिना पर्यटक घुम्न आउने बताउनुभयो । हिउँदमा हिउँ खेल्न र बर्खाका समयमा गर्मी छल्न बजार क्षेत्रबाट बढी मान्छे आउने गरेको उहाँ बताउनुहुन्छ । अन्तर्राष्ट्रिय पर्यटनसँग तमानखोलालाई जोड्न काठेखोलाको घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको गाउँपालिकाले जनाएको छ । रासस

    बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.