• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

‘समृद्धिको मार्ग : कर्णाली करिडोर’


  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
  • मान्म १६ मङ्सिर

    Advertisement

    विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एण्ड नर्थ एक्सिस गोर्थ’का रुपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ ।

    कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्लालाई जोड्ने छ । यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार पुग्नेछ । कर्णाली करिडोर नामकरण गरी ट्रयाक खोल्न थालेको २१ वर्ष भएको छ । कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी छ सय ८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर मात्रै रहेको छ ।
    कर्णालीवासीको आशाको केन्द्रका रुपमा रहेको कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेना जिम्मा एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ ।

    चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको एक सय ४६ किलोमिटर हिल्सा–हुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीब्र रुपमा भइरहेको छ । विसं २०७१ चैत ५ गतेदेखि नेपाली सेनाले काम सुरु गरेको सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई २०७८ असार ३१ गते हस्तान्तरण गरेको थियो ।

    कर्णाली करिडोरअन्तर्गतको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेनाले निर्माण जिम्मा लिएको सडकमध्ये एक सय ९६ किलोमिटर सडक निर्माण भएर सवारी साधन चल्न थालेका छन् । बाँकी सडकखण्ड निमर्णाधीन अवस्थामा रहेको हिल्सा हुम्ला सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो । “नेपाल सरकारको हिल्सा–हुम्ला सडक आयोजनाले जिम्मा लिएको एक सय ४६ किलोमिटरमध्ये हिल्सादेखि हुम्लाको सिमीकोटसम्मको ९५ किलोमिटर सडक निर्माण भइसकेको छ”, उहाँले भन्नुभयो, “कर्णाली करिडोरअन्तर्गतको पाँच किलोमिटर सडक खोलेपछि आयोजनाको काम सम्पन्न हुन्छ ।”

    ठेकेदारमार्फत काम गराइरहेको आयोजनाले कडा चट्टाने भिर भएका कारणले अहिले निर्माण कार्यमा समस्या भएको यादवले बताउनुभयो । विष्फोटक पदार्थका लिएर नेपाली सेनाले हुम्ला सडकखण्डमा पनि काम गरिरहेको जानकारी दिनुभयो ।

    बजार क्षेत्र वृद्धि

    कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आर्थिक चहलपहल बढ्न थालेको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक गतिविधि बढेको हो । कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म दर्जनौं ठाउँहरु बजारका रुपमा विस्तार भएको बाजुरा स्वामीकातिका गाउँपालिकाका पूर्व अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । “कर्णाली करिडोरको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सवारी साधन चल्न थालेका छन्”, उहाँले भन्नुभयो, “अहिले यो सडकखण्डका दर्जनौँ ठाउँ बजारका रुपमा विकास भएका छन् ।”

    कालीकोटको खुलालु, लालिघाट, रेगिल, सान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौरलगायतका क्षेत्र अहिले बजारका रुपमा विकसित भएका छन् । यी बजारमा अहिले व्यापारी केन्द्रका रुपमा स्थापित हुन थालेको कालीकोट रास्कोट नगरपालिका–८ का अनन्त बरालले बताउनुभयो । “यहाँ कर्णाली किनारमा रहेका फाँट विगतमा त्यतिकै मिल्किएका थिए”, उहाँले भन्नुभयो, “अहिले बजार क्षेत्रका रुपमा व्यापारिक नाकाका रुपमा विकास विकास भएका छन् ।”

    सडक सुविधा नहुँदा जितेगडा बजारसम्म पिठ्यूँमा भारी बोकेर आउने यहाँका बासिन्दा अहिले घरमा केही न केही उत्पादन गरी व्यापार व्यवसायमा संग्लन गरेको कालीकोट उद्योग वाणिज्य सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष मथुरा न्यौपाने जानकारी दिनुभयो । “करिडोर क्षेत्रका धेरै ठाउँ अहिले बजारका रुपमा विकसित भएका छन्”, उहाँले भन्नुभयो, “विगतका पिठ्यूँ भारी बोकेर नुनतेल गर्ने करिडोर क्षेत्रका बासिन्दा अहिले गाडीमा सरर घरमा नै पुग्ने गरेका छन् ।”

    करिडोर क्षेत्रमा तरकारी खेती विस्तार

    कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आसपासका मानिस तरकारीखेतीतर्फ आकर्षित भएका छन् । विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरु अहिले तरकारी खेती गर्न थालेका छन् । गाउँगाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताउनुहुन्छ । “विगतमा बारीमा तरकारी लगायो भने कसरी कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो”, उहाँले भन्नुभयो, “बारी छेउमा नै बजार बनेको छ । कता बेचौँ भन्ने समस्या छैन् ।”

    कर्णाली करिडोर क्षेत्रमा उत्पादन भएको वस्तुहरु हिमाली जिल्लामा र तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरै जसो मानिस कृषि पेशामा संग्लन रहेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो । “हामीले कृषि क्षेत्रमा लगानी गर्नेलाई प्रोहोत्सान दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ उत्पादन गरिएका कृषिउपजका बस्तुहरुको बजारीकरण गर्न सजिलो भएको छ ।”

    बाजुरा जिल्लाको स्वामीकार्तिक–खापर गाउँपालिकामा उत्पादन हुने गरेको स्याउ विगतमा बिक्री नहुँदा गाई भैँसीलाई खुवाउनुपर्ने अवस्था थियो । अहिले सडक सञ्चालनमा आएपछि बजारीकरण गर्न कुनै समस्या नभएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार यहाँका किसानले उत्पादन गरेको स्याउ सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको छ । बजार विस्तार हुँदा स्याउले राम्रो मूल्य पनि पाएको स्वामीकार्तिक–खापर गाउँपालिका स्वाफ्यूचर स्याउ कृषक समूह अध्यक्ष धनबहादुर रावलको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले यहाँ उत्पादन गरिएको स्याउ बजारीकरणमा समस्या छ्रैन् ।”

    विगतमा परिवार पाल्न खेती किसानमा मात्र सिमित रहेका करिडोर क्षेत्रका स्थानीयवासीले अहिले विभिन्न पेशा व्यवसायमार्फत आम्दानी लिन थालेका छन् । विगतमा कुनै आयस्रोत नभएका मानिसले पनि अहिले बजार क्षेत्रमा होटेल व्यवसाय सुरु गरेका छन् । पचालझरना गाउँपालिका अध्यक्ष देवजङ्ग शाहीले भन्नुहुन्छ, “अहिले करिडोर क्षेत्रमा होटेललगायतका अन्य व्यापार व्यवसायको वृद्धि भएको छ । मानिसले अहिले राम्रो आम्दानी लिन थालेका छन्” उहाँले भन्नुभयो ।

    पुल निर्माण तथा सडक विस्तार

    कर्णाली करिडोरमा नौ वटा पक्की पुल निर्माण हुने भएका छन् । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १३ वटा पक्की पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु खोला, सान्नीघाट खोला र फुगाड खोला पक्की पुल निर्माण हुने भएको हो । बाजुराको जुड्डी खोला, बूढीगाड खोला, गल्फगाड खोला र कवाडी खोला पक्की पुल निर्माण हुने भएको हो ।

    त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हिल्सा–सिमकोट सडक आयोजना हुम्लाले जनाएको छ । पक्की पुलका लागि ठेक्का प्रक्रिया अगाडी बढेको सडक आयोजना हुम्लाका इञ्जिनीयर वीरेन्द्र यादवले बताउनुभयो । “ठेक्का प्रक्रिया अगाडि बढेको छ । यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ ।”

    कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्ड फराकिलो बनाउन थालिएको छ । नेपाली सेनाले गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो । कालीकोट जिल्लामा पर्ने खुलालुदेखि लैफुसम्मको ४२ किलोमिटर सडक फराकिलो बनाउन थालिएको छ । सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम शुरु गरेको आयोजना प्रमुख यादवले जानकारी दिनुभयो ।

    कर्णाली करिडोर साँघुरो हुँदा यातायात सञ्चालनमा समस्या भएका कारणले फराकिलो पार्न लागिएको प्रमुख यादवले बताउनुभयो । “सडक फराकिलो पार्ने पहिलो चरणको काम सुरु भएको छ”, उहाँले भन्नुभयो, “अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ ।”

    करिडोरअन्तर्गतको ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र एक सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ । अहिलेसम्म कर्णाली करिडोर निर्माणमा एक अर्ब पाँच करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

    शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.