• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

विश्वकप फुटबल : मेसी र मोड्रिचबीच हुँदैछ मध्यरातमा महाभिडन्त


  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
  • काठमाडौँ, २७ मंसिर ।

    Advertisement

    आजको रात अर्थात् मंगलबारको मध्यरात । हुनेछ महाभिडन्त मेसी र मोड्रिचबीच । विश्वकप फुटबलको पहिलो सेमीफाइनल खेलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना र लुका मोड्रिचको कप्तानीमा रहेको क्रोएसियाबीच महाभिडन्त हुन लागेको हो । यो महाभिडन्तको नतिजाले मेसी वा मोड्रिचको टिमलाई फाइनल पु¥याउनेछ ।

    दुई घन्टाभन्दा बढी चलेका सनसनीपूर्ण खेलपछि पेनाल्टी सुटआउटमा जित हात पारेका दुई टिम अर्जेन्टिना र क्रोएसियाबीच विश्वकप २०२२ को पहिलो सेमिफाइनल लुसेल रंगशालामा हुँदैछ । कतार संस्करणमा दर्शकमाझ सबैभन्दा लोकप्रिय टिम अर्जेन्टिना नै हो । यसको मुख्य कारण पनि मेसी नै हुन् । ब्राजिलको यात्रा क्वाटरफाइनलमै सकियो ।

    सबैभन्दा बढी समर्थक भएको र रंगशालामा माहोल तताएको अर्को टिम बनेको छ मोरक्को । सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले फाइनल प्रवेशका लागि बुधबार अल बायत रंगशालामा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग दोस्रो सेमीफाइनले खेलमा सामना गर्दै छ ।

    उपाधि जित्ने दाउ

    फुटबलले पाएको सर्वकालीन महान् खेलाडीमध्येका एक मेसी पाँचौं प्रयासमा पहिलोपल्ट विश्वकप उपाधि जितेर आफ्नो करिअर सार्थक पार्न चाहन्छन् । उनको टिम विश्वविजेता नभएको पनि ३६ वर्ष भइसकेको छ । उनलाई विश्वकप ट्रफीले सन् १९८६ को च्याम्पियन डिएगो म्याराडोनाको स्तरमा उभ्याउन सक्छ ।

    पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अनपेक्षित हार बेहोरेपछि ३५ वर्षीय मेसीकै उत्कृष्ट प्रदर्शनमा मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाउँदै अर्जेन्टिना सेमिफाइनमा उभिएको हो । मेसी चार गोलसहित गोल्डेन बुटको होडमा फ्रान्सका केलियन एमबाप्पेभन्दा एक गोलले पछाडि छन् ।

    लुकाको लोभलाग्दो लय

    रुसमा गोल्डेन बल अवार्ड जितेका प्लेमेकर लुका मोड्रिचले ३६ वर्षको उमेरमा पनि उत्कृष्ट लय कायमै राखेपछि क्रोएसिया समूह चरणमा मोरक्को र बेल्जियमविरुद्ध गोलरहित खेले पनि क्यानडालाई ४–१ ले हराएर अगाडि बढेको थियो । उसले अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा ब्राजिललाई पछाडि परेको स्थितिमा गोल गरेर बराबरी गर्दै टाइब्रेकरमा जित हात पारेको थियो । अपत्यारिलो किसिमले मिडफिल्डमा छाउने गरेका मोड्रिच र कुनै पनि बेला खेलको नतिजा उल्टाउन सक्ने मेसीको प्रतिस्पर्धा पनि हुनेछ पहिलो सेमिफाइनल ।

    रेफ्रीले १८ वटा कार्ड देखाएको अन्तिम आठको प्रतिस्पर्धामा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । क्रोएसियाले कीर्तिमान पाँचपल्टको च्याम्पियन तथा यसपालि प्रतियोगितापूर्व सबैभन्दा बलियो मानिएको ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काइदियो ।

    विगतको रोचक भेट

    दुईपल्टको च्याम्पियन अर्जेन्टिना र क्रोएसियाबीच विश्वकपमा विगत भेट पनि रोचक छ । दुवैले एक–एक खेल जितेका छन् । अर्जेन्टिनाले सन् १९९८ को विश्वकपको समूह चरणको भेटमा १–० को जित हात पारेको थियो भने क्रोएसियाले मेसीको टिमलाई रुस ९सन् २०१८० मा ३–० ले हराएको थियो ।

    यी दुईवीच भएका पाँच अन्तर्राष्ट्रिय खेलमा दुवैले दुई–दुई खेल जितेका छन् । एक खेल बराबरीमा टुंगिएको छ । यी तथ्यांकले पनि अर्जेन्टिना–क्रोएसियाको प्रतिस्पर्धा रोमान्चक हुने संकेत गर्छ र अर्जेन्टिनाको घरेलु मैदानजस्तै भएको लुसेलमा मंगलबारको खेल पनि आकर्षक र स्तरीय हुने अपेक्षा गरिएको छ । लुका मोड्रिचले पनि गोल गरेका निज्नी नोभ्गोरोद ९रुस० को खेलपछि यी दुई टिम पहिलोपल्ट भिड्न लागेका हुन् ।

    युरोपेली टिम क्रोएसिया तेस्रोपल्ट सेमिफाइनलमा पुगेको हो । टोलीले २४ वर्षअघि आयोजक फ्रान्सविरुद्ध २–१ को हार बेहोरेको थियो भने २०१८ को संस्करणमा इंग्ल्यान्डमाथि अतिरिक्त समयमा २–१ को जित हात पारेको थियो । तर, विश्वविजेता बन्ने क्रोएसियाको सपनालाई मस्कोमा फ्रान्सले फाइनल ४–२ ले जितेर तुहाइदिएको थियो ।

    अर्जेन्टिनाले यसअघि खेलेका चारै सेमिफाइनल जितेको छ । यसक्रममा दक्षिण अमेरिकी महारथीले अमेरिकालाई ६–१ ९सन् १९३००, बेल्जियमलाई २–० ९१९८६०, इटालीलाई १–१ को बराबरीपछि टाइब्रेकरमा ४–३ ९१९९०० र नेदरल्यान्ड्सलाई गोलरहित बराबरीपछि टाइब्रेकरमा ४–२ ९२०१४० ले हराएको थियो ।

    केही रोचक तथ्य

    अर्जेन्टिनाले पछिल्ला ४१ खेलमा एक खेलमात्रै हारेको छ भने २८ जित र १२ खेल बराबरी गरेको छ । अर्जेन्टिनाले विश्व्कपमा युरोपेली टिमविरुद्ध नकआउटमा पछिल्लोपल्ट खेलेका १४ मध्ये आठ खेल अतिरिक्त समयमा पुगेर टुंगिएको छ । लियोनल मेसीले क्रोएसियाविरुद्ध खेल्दै विश्वकपमा सर्वाधिक २५ खेल खेलेका जर्मनीका लोथर म्याथ्युजको कीर्तिमान बराबरी गर्नेछन् ।

    क्रोएसियाले विश्वकपमा पछिल्ला १२ खेलमध्ये एक खेलमात्रै हारेको छ भने ५ जित र ६ खेल बराबरी गरेको छ । क्रोएसियाले विश्वकपको नकआउट चरणका दसमध्ये आठ खेल जितेको छ । विश्वकपको नकआउट चरणमा क्रोएसियाले खेलेका ६ खेलमध्ये पाँच खेल अतिरिक्त समयसम्म पुगेर टुंगिएको थियो ।

    एजेन्सीको सहयोगमा

    मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.