काठमाडौँ ५ पुस
नेपाली कांग्रेस संस्थापनइतर पक्षले महामन्त्री गगनकुमार थापालाई नै संसदीय दलको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज होटल बसेरामा बसेको बैठकले संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको हो ।
हिजो अपराह्नदेखि आज बिहानसम्म बसेको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले जानकारी दिए । यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए ।
तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै उनलाई अघि सारिएको हो ।कांग्रेस संसदीय दलमा संस्थापनबाट सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिँदैछन्।




