• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

सङ्घीयता कार्यान्वयन र सामाजिक रुपान्तरणमा मधेस प्रदेश उदाहरणीयः मुख्यमन्त्री राउत


  •   बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
  • जनकपुरधाम ६ पुस 
    मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता कार्यान्वयन र सामाजिक रुपान्तरणका सवालमा आफ्नो नेतृत्वको सरकारले उदाहरणीय काम गरेको बताउनुभएको छ ।

    Advertisement

    मुख्यमन्त्री निवास जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान निर्माण पछिको पहिलो सरकारका रुपमा काम सुरु गर्दा संस्थागत, संरचनागत र कानुनी जटिलता भए पनि अरू प्रदेशको तुलनामा उल्लेखनीय काम गरेको दाबी गर्नुभयो । सङ्घीयता कार्यान्वयनका लागि नेपालको संविधानको अनुसूची–६ ले दिएका अधिकार कार्यान्वयन गर्न आफू नेतृत्वको सरकारले हरसम्भव प्रयास गरेको भन्नुहुँदै मुख्यमन्त्री राउतले अब बन्ने नयाँ सरकारले यसलाई थप कार्यान्वयन गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

    “प्रदेशका अधिकार कार्यान्वयनका लागि मुख्यमन्त्रीका रुपमा मैले र मेरो नेतृत्वको सरकारले अधिकतम् भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “बाँकी कामहरु नयाँ सरकारले पूरा गर्नेमा म आशावादी छु ।”
    प्रदेशको अधिकार कार्यान्वयनका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट हाल्नु परेको स्मरण गर्नुहुँदै मुख्यमन्त्री राउतले पाँच वर्षमा ५५ ऐन निर्माण गरेर कानुनी रुपमा प्रदेशलाई बलियो बनाउने प्रयास गरेको बताउनुभयो ।

    त्यसैगरी उहाँले सामाजिक रुपान्तरण र यहाँका विविध जातजाति तथा महिलाको पहिचान स्थापित गराउन प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको समेत बताउनुभयो । “छोरी बीमा कार्यक्रम, ५० प्रतिशत महिला र जनसङ्ख्याका आधारमा आरक्षण दिने गरी प्रदेश निजामती सेवा ऐनलगायत कानुन निर्माणको काम भएको छ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “यसबाट सङ्घीय सरकार र अरू प्रदेशले पनि सिक्नुपर्छ । अब बन्ने प्रदेश सरकारले पनि बनेका ऐन नियम कार्यान्वयन तथा थप सुधारमा ध्यान दिनुपर्छ ।”

    उहाँले पाँच वर्षको अवधिमा मधेस कृषि विश्वविद्यालय, मधेस स्वस्थ्य विज्ञान प्रतिष्ठान र मधेस विश्वविद्यालयजस्ता महत्वपूर्ण संस्था बनाउन सफल भएको पनि बताउनुभयो । प्रतिपक्षी दलबाट प्रदेश सरकारलाई राम्रो सहयोग प्राप्त भएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले पाँच वर्षको अवधिमा सातवटा मुख्यसचिव फेरिँदा र पर्याप्त कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको गुनासो गर्नुभयो ।

    उहाँले आफ्नो पहलमा मधेसी शहीद प्रतिष्ठान बनाउन सफल भए पनि प्रतिबद्धता गरेअनुसार भरणपोषणमा सहजताका लागि शहीद परिवारका एक÷एक जनालाई रोजगारी दिने निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेकामा दुःख मनाउ गर्नुभयो । ३ फागुन २०७४ सालमा प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले शहीद परिवारका एक जनालाई रोजगारी दिने निर्णय गरेकामा २९ पुस २०७५ सालमा तलब–भत्तालगायत अन्य सुविधा पाउने गरी कार्यालय सहयोगी पदमा कामकाज गर्न नियुक्तिपत्रसमेत दिएको थियो । तर त्यो पूर्णरुपमा कार्यान्वयन हुनसकेन ।

    बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.