काठमाडौं १२ पुस
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको नयाँ घरमा सर्ने भएका छन्। देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार धुम्बाराहीमा नयाँ घर भेटिएको छ।
सोही घरमा बिहीबार सर्नेगरी तयारी भइरहेको उनले बताए।बुढानिलकण्ठस्थित देउवाको निजि निवास मर्मत भइरहेकोले धुम्बाराईस्थित भाडाको घरमा सर्न लागेको देउवाको सचिवालयले जनाएको छ ।
मर्मतका लागि अझै चार महिना लाग्ने भएकोले नयाँ घर खोजिएको हो ।आइतबार नेकपा एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।देउवा सरकारी निवासबाट नसरेकोले नवनियुक्त प्रधानमन्त्री दाहाल खुमलटारमै बसेका छन् ।




