• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

तनहुँमा थपिए सात हजार ५४ नयाँ मतदाता


  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
  • दमौली २२ साउन
    तनहुँ जिल्लामा सात हजार ५४ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् ।

    Advertisement

    सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै शुक्रबारदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

    मतदाता दर्ताको अन्तिम दिन बिहीबारसम्म तीन हजार चार सय १२ महिला र तीन हजार ६ सय ४२ पुरुष थपिएका छन् । त्यस्तै बाहिरी जिल्लाका तीन सय ६० मतदाताले तनहुँबाट मतदाता नामावली दर्ता गरेको कार्यालयले जनाएको छ । असार मसान्तसम्म चार हजार आठ सय ८६ मतदाता थपिएकामा साउन १ देखि १९ गतेसम्म दुई हजार पाँच सय २८ मतदाता थप भएको उहाँले जानकारी दिनुभयो ।

    जिल्ला निर्वाचन कार्यालयमा रहेको तीन दर्तास्थलबाट यस अवधिमा तीन हजार छ सय ४९ र जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको एउटा दर्तास्थलबाट तीन हजार चार सय पाँच मतदाता थपिएका छन् । “निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ, अब हामी आन्तरिक तयारीमा जुट्छाँै,” उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण थियो । मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै दमौलीसम्म आउने गरेका थिए ।

    जिल्लामा हालसम्म दुई लाख ४४ हजार तीन सय ४० मतदाता कायम भएका छन् । विसं २०७९ वैशाख २९ गतेसम्म एक लाख १७ हजार एक सय ३४ पुरुष र एक सय २७ हजार दुई सय छ मतदाता छन् ।

    जसपाका अध्यक्षमा गुरुङ

    जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी तनहुँको अध्यक्षमा अर्जुन गुरुङ चयन हुनुभएको छ । उक्त पार्टीको शनिबार दमौलीमा सम्पन्न विस्तारित भेलाले गुरुङका अध्यक्षतामा ३१ सदस्यीय कमिटी पुनर्गठन गरेको हो । पार्टीको उपाध्यक्षमा धनमाया गौली, ऋषिराम पौडेल र जुमबहादुर गुरुङ चयन हुनुभएको छ । सचिवमा हेमबहादुर थापा, उपसचिवमा चन्द्रप्रकाश गुरुङ, सुभिलाल आले र लक्ष्मी गुरुङ, कोषाध्यक्षमा दीपा राना मगर चयन हुनुभएको छ ।

    सदस्यमा सविता थापा, कृष्णबहादुर परियार, मनमाया थापा, रुपा थापा, रणध्वज थापा, मोहनबहादुर सारु, देउबहादुर थापा, श्रीप्रसाद आले, नरबहादुर याँदी, शुकलाल मगर, सम्झना कुमाल, रामबहादुर मिश्र, हर्कमान सुनार, यमकुमारी गुरुङ, वसन्ती कुमाल, प्रेमबहादुर गुरुङ, धनमाया गुरुङ, जुना दरै, पूर्णि दरै, कृष्णबहादुर बसेल, हेमबहादुर नेपाली, सञ्जीत सुर्खाली चयन हुनुभएको केन्द्रीय सदस्य खड्गबहादुर आले मगरले जानकारी दिनुभयो ।

    विस्तारित बैठकमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं तत्कालीन संविधानसभा सदस्य शिवलाल थापा मगर, पार्टी विज्ञ परिषद् सदस्य सोम नेपाली, सङ्घीय परिषद् सदस्य चुडाराम परियार लगायतले वर्तमान राजनीतिक अवस्थाका बारेमा बोल्नुभएको थियो ।

    चार पक्की पुल निर्माण सम्पन्न

    पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष ०७८÷७९ मा चार पक्की पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाका विभिन्न ठाउँमा करिब रु १६ करोड बराबरका ती पक्की पुल निर्माण सम्पन्न भएका हुन् । विभिन्न मितिमा निर्माण सुरु भएका उक्त पुल आर्थिक वर्ष ०७८÷७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

    कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबँेसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिनुभयो ।

    फेदीखोला मोटरेबल पुल रु चार करोड २८ लाख ३२ हजार, बुडुवा खोला पुल रु दुई करोड नौ लाख, रिस्ती बगुवाखोला पुल रु चार करोड २५ लाख र रिस्ती सोतीबँेसीको पुल रु चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो ।

    फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव आठ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबँेसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले जानकारी दिनुभयो । उक्त आर्थिक वर्षमा सातवटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनवटा पुल निर्माण सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।

    “सातवटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो, तर तीनवटा पुलको काममा ढिलाइ भयो, चारवटा मात्रै सम्पन्न भएको छ,” उहाँले भन्नुभयो । करिब रु ११ करोडको लागतमा निर्माण सम्पन्न हुने तीन पुलहरु अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेबल पुल रु तीन करोड २१ लाख, द्रोपद खोला मोटरेबल पुल रु तीन करोड ८३ लाख र बरखोला पुल रु तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले आवमा ६४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । उक्त वर्ष रु एक अर्ब ३१ करोड सात हजार ४० विनियोजन भएकामा रु ८४ करोड ७६ लाख १४ हजार खर्च भएको जनाइएको छ ।

    पूँजीगततर्फ कूल रु एक अर्ब २८ करोड ६२ लाख ८२ हजार विनियोजन भएकामा रु ८३ करोड ३४ लाख पाँच हजार खर्च भएको कार्यालयले जनाएको छ । चालुतर्फ विनियोजित रु दुई करोड ४४ लाख ५८ हजारमध्ये रु एक करोड ४२ लाख नौ हजार खर्च भएको छ । आवको मसान्तको समयमा विकास निर्माणको काम गर्ने प्रवृत्तिका कारण कार्यालयले विकास बजेट सोचे अनुरुपको खर्च गर्न नसकेको हो । “जेठ असारमा पानी परेर काम हुन नसकेपछि लक्ष्य अनुसारको प्रगति हासिल हुन सकेन,” उहाँले भन्नुभयो ।

    आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.