काठमाडौं ७ भदौ
प्रतिनिधि सभाको बैठक एक हप्ताको लागि स्थगित गरिएको छ ।प्रमुख विपक्षी दल नेकपा (एमाले)को अनुरोधमा भदौ १३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
एमालेले आजदेखि भदौ १२ गतेसम्म विभिन्न कमिटिको बैठक भएको भन्दै सभामुख समक्ष आग्रह गरेको थियो ।
आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई कानुनमन्त्री गोबिन्द बन्दीले पेश गरेका थिए। विधेयक पेश भएपछि बैठक स्थगित भएको हो।




