भरतपुर ८ भदौ
गृह जिल्ला चितवन आएको मौकामा राज्यमन्त्री उमेश श्रेष्ठले बुधबार भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकामा रहेका केही विद्यालयबारे जानकारी लिएका छन् । राज्यमन्त्री श्रेष्ठले भरतपुर ४ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय, भरतपुर ५ मा रहेको भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय र गैँडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदनबारे चासो लिएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले गुणस्तरीय शिक्षामा जोड दिँदै ती विद्यालयहरुमा आवश्यक सुधारका लागि केही सुझाव दिएका छन् । उनले सरकार सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि प्रयासरत रहेको बताए । सामुदायिक विद्यालयहरु सशक्त बन्ने हो भने शिक्षा क्षेत्रमा ठूलो फड्को मार्न सकिने राज्यमन्त्री श्रेष्ठको भनाइ छ ।







