• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण फास्ट ट्रयाकमा गराउन सरकार प्रतिबद्ध छ : राज्यमन्त्री श्रेष्ठ


  •   बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
  • चितवन ९ भदौ

    Advertisement

    प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र राज्यको प्राथमिकतामा परेको भन्दै यसलाई फास्ट ट्रयाकमा निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार औद्योगिक क्षेत्र निर्माणस्थल अवलोकनपछि राज्यमन्त्री श्रेष्ठले उद्योगहरुको प्राथमिकीकरण गरेर औद्योगिक क्षेत्र स्थापनाको काम थालिनुपर्ने बताएका हुन् ।

    ‘उद्योग खुल्दा स्थानीय विकासमा यसले टेवा पुग्छ नै’, उनले भने, ‘औद्योगिक वातावरण बनाउन सबैको सहयोग जरुरी छ ।’ ठूलो लगानीको परियोजना भएकोले सरोकारवाला सबैलाई जिम्मेवार बनाउँदै निजी, सरकारी साझेदारीमा निर्माण गर्ने मोडल तयार गरी फास्ट ट्रयाकमा काम गर्नुपर्ने उनले बताए ।

    राज्यमन्त्री श्रेष्ठको नेतृत्वमा रहेको टोलीले शक्तिखोर औद्योगिक क्षेत्र निर्माणस्थलको अवलोकन गरेको छ । कालिका नगरपालिकाको कार्यालयमा जनप्रतिनिधिहरु, चितवन उद्योग संघ र सरोकारवाला निकायसँगको छलफलपछि टोलीले स्थलगत अवलोकन गरेको थियो ।

    औद्योगिक क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासिनी, इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, चितवन उद्योग संघका पूर्वअध्यक्ष एवं बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कालिका नगरपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

    बजेटमा व्यवस्था

    प्रधानमन्त्री कार्यालयका सचिव मरासिनीले शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउन नै आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा उक्त विषयले प्रवेश पाएको बताए । उनले सरकार उद्योगीको समस्या समाधानमा गम्भीर रहेकोले छिट्टै काम गर्ने वातावरण मिलाउने आश्वासन दिए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेलले नेपालकै मध्यभागमा भएकोले चितवनको शक्तिखोर नै सरकारको रोजाई भएको र यसलाई मोडलको रुपमा विकास गरी औद्योगिक पार्कको रुपमा अगाडि बढाउनु पर्ने धारणा व्यक्त गरे । कालिका नगरपालिका प्रमुख रेग्मीले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण हुन लागेकोमा आफू उत्साहित भएको बताउँदै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा जग्गा छुट्याउनेदेखि हालसम्म चितवन उद्योग संघले गरेका प्रयासबारे आफ्नो भनाइ राखे । उनले नेपाल सरकारबाट बिस्तृत परियोजना प्रस्ताव अनुमोदन भइसके पनि निर्माणले गति नलिँदा धेरै उद्योगीहरु हतोत्साही भएको बताए । उनले चरणबद्ध रुपमा निर्माण कार्य गरी तत्काल उद्योग स्थापना गर्ने वातावरण तयार गर्नुपर्ने बताए ।

    लागत अनुमान ३६ अर्ब

    २०७३ फागुन ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले शक्तिखोरमा औद्योगिक क्षेत्र घोषणा गरेको थियो । १ हजार ७ सय ४१ बिघा क्षेत्रफलमा बनाउने भनिएको औद्योगिक क्षेत्रमा करिब २ लाख ४२ हजार रुख रहेका छन् । रुख काट्ने विषयमा वन मन्त्रालय सकारात्मक नहुँदा काम रोकिएको छ ।

    सामुदायिक वन र डिभिजन वन कार्यालय मातहतको वनको क्षेत्रफल फरक परेको भन्दै रुखगणना नै अलपत्र परेको थियो । प्रस्तावित औद्योगिक क्षेत्रमा बरण्डाभार क्षेत्रसँगै थाङखोला, उदयपुर र तीनकन्या सामुदायिक वन पर्छन् । थाङखोला, तीनकन्या र उदयपुरको गरी ५ सय ९७ हेक्टर क्षेत्रफल छ । अन्य ५ सय ७४ हेक्टर वन बरण्डाभार क्षेत्र पर्छ ।

    करिब ३६ अर्ब लागत अनुमान गरिएको शक्तिखोर औद्योगिक क्षेत्रमा आठ सयदेखि एक हजार उद्योग स्थापना गर्ने उद्देश्य राखिएको छ । शक्तिखोर औद्योगिक क्षेत्रमा कृषि उपकरण, विद्युतीय सामान, सोलार प्यानल, अस्पतालका फर्निचर, छाला, केमिकल, औषधि, निर्माण सामग्री, काष्ठजन्य उत्पादन र कृषिमा आधारित उद्योग रहने बताइएको छ ।

    यो औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि १ लाख १० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ । ७ सय २३ बिघामा उद्योग र सेवा क्षेत्र निर्माण हुनेछ भने ४ सय ४६ बिघा हरियाली क्षेत्र कायम गरिने योजना छ । ५ वर्षमा उद्योग निर्माण सक्ने लक्ष्य लिए पनि निर्माण कार्य सुरु नै हुन सकेको छैन । राज्यमन्त्री श्रेष्ठको पहलपछि केही आशा भने जागेको स्थानीय बताउँछन् ।

    बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    हिमलुङ हिमपहिरो: चार जनाको शव फेला, उद्धार तथा खोजी जारी
    कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर वडा अधिवेशन सुरु

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.