हेटौंडा । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता उमेश श्रेष्ठले आगामी संघीय निर्वाचनमा जित हासिल गर्न गठबन्धनको विकल्प नभएको बताएका छन । बिहीबार नेपाली कांँग्रेस , मकवानपुर जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीति स्थायित्व नभएसम्म देश समृद्ध नहुने बताए ।
कम्युनिष्टकै कारण देशको अवस्था बिग्रिएको भन्दै श्रेष्ठले भने,‘नेपालमा कम्युनिष्टहरुले शासन गर्न जानेनन र सकेनन पनि । त्यसैले पनि गठबन्धनबाटनै समस्या समाधान गर्नुपर्ने बेला आयो ।’
मन्त्री श्रेष्ठले राजनीतिक निकास र देशको विकासकालाई कांँग्रेसले एकल बहुमतले जित्नु पर्ने धारणा राखे । ‘जबसम्म यो देशमा कांँग्रेसको जित हुंँदैन तबसम्म विकासले गति लिदैन, ‘उनले भने, कांँग्रेसको जित नै जनताको जित हो ।’
निर्वाचनमा गरिएका बाचा र पार्टीका एजेण्डा सहित कांँग्रेस गाउंँ गाउंँमा जानुपर्ने श्रेष्ठको भनाई थियो । ‘अब हामीले गाउंँ गाउंँ जानुपर्छ , जनताको समस्या, कृषकको समस्या सुनिदिनु पर्छ , समाधान गरिदिनुपर्छ ।’ उनले भने । जिल्लामा कांँग्रेस एक ढिक्का भई समन्वय गरेर अघि बढ्नु पर्ने र यसो भएमात्र कांँग्रेस बलियो हुने उनले बताए । ‘जिल्लामा राजनिती समन्वय हुन जरूरी छ , उनले भने, ‘उपबिजेताले बिजेतालाई सघाउने र बिजेताले उपबिजेतालाई समेट्ने काम भयो भने मात्र कांग्रेस बलियो हुन्छ ।’
राज्यमन्त्री श्रेष्ठ पार्टीका केन्द्रिय प्रतिनिधिको रुपमा मकवानपुर खटिएका हुन । कार्यक्रममा जिल्लाका नेता कार्यकर्ता, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।





